कपिलवस्तुका वुद्धस्थलहरु संरक्षण हुन सकेनन्

कपिलवस्तु, १२ चैत । सरकारले सन् २०१२ लाई लुिम्बनी भ्रमण वर्ष घोषणा गरिसके पनि कपिलवस्तुको बुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण मानिएको पुरातात्विक महत्वका ठाउँहरु सिसहनियाकोटको अस्तित्व संकटमा परेको छ । सरकारले आगामी वर्ष २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै लुम्बिनीका विकासमा मात्र लगानी गरिए पनि कपिलवस्तुमा वुद्धसँग सम्बन्धित दर्जनौं स्थलहरु संरक्षणविहीन भएका छन् । कपिलवस्तुमा रहेका वुद्ध स्थलहरुका बारेमा कुनै प्रचार प्रसार समेत गरेको पाइदैन् । भारतीय सीमा क्षेत्रबाट अत्यन्तै नजिक रहेको बलुहवा गाविसमा पर्ने सिसहनियाकोट राज्य तथा स्थानीय निकायबाट समेत अतिक्रमित बन्दै गएको छ । संरक्षणको जिम्मा पाएको लुम्बिनी विकास कोषले वेवास्ता गर्दा अहिले त्यो ठाउँमा खेतीपाती गर्न थालिएको छ ।

१२ चैत्र २०६८, आईतवार १५:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..