जेठ १४ सम्म आमसभा पनि नगर्न सभामुखको आग्रह

काठमाडौ, १२ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई जेठ १४ गतेसम्म राजधानी बाहिर नजान र आमसभा नगर्न समेत आग्रह गरेका छन् । उनले केहीसमय अघि  सभासदहरुलाई विदेश नजान समेत आग्रह गरेका थिए ।
शान्ति र संविधानका लागि सार्वजनिक दवाब समूहको टोलीसँगको भेटमा सभाध्यक्ष नेम्वाङले अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पनि सबैले लाग्नु पर्ने आवश्यकता औल्याए । उनले मुलुकले धेरै उपलब्धि हासिल गरेको भन्दै यसको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार भएको समेत स्पष्ट पारे ।

यमलाल यमलाल कँडेल संयोजक रहेको सांसदहरुको दवाब समूहले आजै ४ बजे प्रधानमन्त्रीलाई भेटी जेठ १४ भित्र संविधान निर्माणको काम सकेर जारी गर्न झक्झक्याउँदै छ ।

१२ चैत्र २०६८, आईतवार १४:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

११ सय बढीको कोरोना परीक्षण, ९९ जना आईसोलेसनमा

काठमाडौँ, १९ चैत्र । स्वास्थ्य मन्त्रालयले १ हजार १३३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास..

वीर अस्पतालमा मृत्यु भएका दुबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, १८ चैत्र । वीर अस्पतालमा मृत्यु भएका दुई जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनीहरुको..

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..