चौंथो खैरेनीटार महोत्सव-२०६८ दोस्रो दिन

तनहूँ,११ चैत । आर्थिक,सामाजिक,धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको तनहुँको खैरेनी-दुलेगौंडा-ढोरबाराही क्षेत्रमा अवस्थित खैरेनीटार बजारमा चौंथो खैरेनीटार महोत्सव शुरु भएको छ । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष भाष्करराज राज कर्णिकारद्वारा उद्घाटित महोत्सवको पहिलो दिनमा नै अनुमानित दस हजार जनमानसले अवलोकन गरेका तथा लगभग ३० लाख बराबरको कारोबार भएको र दोस्रो दिनमा २५ हजारले अवलोकन गरेका र कारोवार ३०लाख हाराहारीमा भएको नेपाल उधोग वाणिज्य संघ,खैरेनी इकाइका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिएका छन।
दोस्रो दिनको शुरुवातसंगै ख्यातिप्राप्त लोकगायक प्रजापति पराजुलीको बेजोड प्रस्तूति,हास्य कलाकार किरण केसी(रातामकै)र शिवहरी पौडेल(मुखमा हानौं जस्तो)को प्रस्तूति,मंजु गुरुङ,गोमा क्षेत्री र कुलेन्द्र बिकको लोक दोहोरी तथा पश्चिमान्चल गायन प्रतियोगिता अन्तर्गत प्रथम भोटिंग राउण्ड प्रतियोगिता रहेका थिए।
पश्चिमान्चल गायन प्रतियोगिता अन्तर्गत एघार जना सहभागीहरुले भाग लिई रहेका छन जसमा-दिनेश गैह्रे भगवातीपूर रिसिंग-पाटन तनहुँ,शिव थापा-ढोरफिर्दी-७ तनहूँ,अनिल परियार-दुलेगौंडा-८तनहुँ,विवेक गुरुङ-खैरेनीटार-८ तनहुँ,गोविन्द बिक-दुलेगौंडा-७,युवराज वराईली-ढोरफिर्दी,रवी घताने-राइपूर ७ तनहुँ,विष्णु थापा-दुलेगौंडा ९,खुमा रन्जाली-नरच्यांग ८ म्याग्दी,पन्युजा गुरुङ-रानीपौवा पोखरा र इमोन गुरुङ- दुलेगौंडा ८ रहेका छन्।
महोत्सवलाई थप रोचक र सफल बनाउन नेपाली चलचित्रका लोकप्रिय कलाकारहरु राजेश हमाल,रेखा थापा समेतले आफ्नो प्रस्तुती दिने लोक दोहोरी उस समितिका संयोजक सुजन श्रेत्ठले हामीलाई बताए. उनले भने”हामी अन्य लोकप्रिय कलाकारहरुलाई पनि महोत्सवमा दर्शक सामु साक्षात्कार गराउने प्रयत्नमा जुटी रहेका छौं”श्रेष्ठले हामीलाई बताए। होटल व्यबसायीहरुको उल्लेख्य स्टल रहेको महोत्सवमा घरेलु उत्पादन तथा स्वदेसी उत्पादनपनि महोत्सवको रोचक पक्ष रहेको छ। धेरै लामो समय आयुर्वेद औधधी मुलोमा जीवन प्रवाह गरेका लेखनाथ नगरपालिका-११ चौरका (सम्पर्क-९८०६५७३२७६) वैध जय बहादुर थापाले आफु व्यापार र नाफा नोक्सानको हकमा भन्दा नेपालमा पाइने विभिन्न जातका जदिवुटीको जानकारी दिलाउन यस्ता धारी महोत्सवमा आफुले सहभागिता जनाएको बताए।
उनले धेरै थरीका जडिवुटीहरु जस्तै:कुरिलो,पांग्रो,मलटाटो,सिर्वारीलहरो.जोगीलहरो,थिचो,गुर्जी,पखानवेद,गुँरास,भैंचम्पा,कालोहलेदो, गाईखुरे,हाडेलसुन,कम्मरु, लिटे,गुजरगमी,हर्रो-बर्रो लगायतका जडीवुटी तथा त्यसका विभिन्न ओखती प्रदर्शनीमा राखेका छन(अन्य आकर्षण हामी प्रत्येक दिन अपडेट गर्ने छौं) महोत्सवमा कृषि सम्बन्धी, अटो मोबाइल, व्यापारिक समाग्रीको विक्रि, घरेलु तथा हस्तकला उत्पादन, लगायतका १ सय ५५ स्टल रहेका छन्।
त्यसैगरी स्थानीय कृषक तथा कर्मशील महिला उपजले आ-आफ्ना उत्पादनलाई प्रदर्शनमा राखेका छन,कृषीमा रोचक पक्ष केरा,तरुल र्फर्सी रहेपनि तनहुँका मौलिक उत्पादन सुन्तला र अदुवालाई प्रदर्शनमा नराखिएकोप्रति आगन्तुकहरुको गुनासो पनि देखिएको छ।

११ दिनसम्म चल्ने महोत्सवमा अनुमानित २ करोडको कारोबार लक्ष्य लिएको आयोजक समितिले आफ्नो लक्ष्य सजिलै प्राप्त हुने जानकारी दिंदै आयोजनामा धेरै कमीकमजोरी देखिएतापनि एउटा शिखको रुपमा आगामी दिनमा सच्याउँदै जाने अध्यक्ष हरी थापाले बताए।
खैरेनीटार आसपासका ग्रामिण भेगमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन महोत्सवको आयोजना गरिएको महोत्सवका प्रवक्ता समुन्द्रराम श्रेष्ठले बताए।
महोत्सवको प्रमुख आकर्षणहरुमा पर्यटकीय दगाम भ्रमण, सेतीनदी माथी जलबिहार, गुफा अवलोकन, पश्चिमाञ्चल तारा गायन प्रतियोगिता लगायत रहेका छन्।

११ चैत्र २०६८, शनिबार २१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..