यस्तै ढिठ गरिरहे एमाओवादी भन्ने शक्ति थियो भनेर इतिहासमा कथा पढ्नुपर्ने दिन आउँछ – माधव नेपाल

० राष्ट्रपतिले कदम चालेपछि राजनीतिक समस्या समाधान हुन्छ भन्नुहुन्थ्यो तपाईंहरु, खै त सहमति जुटाउन सक्नुभएन नि ?
– समाधानका निम्ति ढोका त खुल्यो नि राष्ट्रपतिको आह्वानले ।
० कसरी ?
– संवैधानिक रुपमा पहल गर्न राष्ट्रपतिबाहेक अरुलाई अवसर नै छैन । त्यसैले उहाँले आह्वान गर्नैपथ्र्यो–गर्नुभयो । अब दलहरुले नाम चयन गरेर उहाँलाइ दिने हो उहाँले घोषणा गर्ने हो ।
० प्रधानमन्त्री भट्टराई गोली खान तयार छु तर बालुवाटार छोड्दिन भनिरहेका छन्, अनि कसरी सहमतिमा पुग्नुहोला त तपाईंहरु ?
– यही त बिचित्रको कुरा भायो । प्रधानमन्त्रीको कुर्सीमा यस्ता मान्छे पनि पुगे जो काम केही गर्न नसक्ने, सहमतिको वातावरण बिथोल्ने, संविधानसभालाई आर्यघाट पुरयाउने अनि पद छोड भन्दा गोली खान्छु पद त छोड्दिनँ भन्ने ? राष्ट्रपतिमाथि पनि आक्षेप लगाएका छन्, अरु पार्टीहरुलाई पनि निन्दा गरेका छन्, कस्तो मान्छे हाम्रो देशले जन्माएछ ? भनेर हामी पनि छक्क परिरहेका छौँ ।
० तपाईंहरुले पनि त बाबुराम भट्टराई हटेपछि हाम्रो प्रधानमन्त्री यो हो, हाम्रा योजनाहरु यी–यी हुन् भन्ने अवधारणा दिन नसक्ने खाली कुर्सीको मात्र कुरा गर्ने गर्नुभयो नि, होइन र ?
– हामीले अबको समाधान यो हो, यसरी हो भनेर त भनिरहेका छौँ नि । बाबुरामजीको नाममा किन सहमति हुन सक्दैन भने उहाँले सहमतिको सरकारलाई चलाउन सक्नुभएन, सहमतिको एउटा पाटो नेकपा एमालेलाई सरकारबाट निकाल्नुभयो ।
० कांग्रेस र एमालेहरु त आफैं सरकार छोडर निस्किएका होइनन् र रु
– कहाँ हामी आफैं निस्कियौँ ? जेठ १४ गते राती जब उहाँले एकलौटी रुपमा संविधानसभा भंग गर्नुभयो र नयाँ संविधानसभाको निर्वाचनको घोषणा गर्न खोज्नुभयो नेकपा एमालेका प्रतिनिधि ईश्वर पोखरेलसहित अन्य पार्टीका मन्त्री र नेताहरुले पनि प्रतिवाद गर्नुभयो । त्यो प्रतिवादलाई भट्टराईले टेरपुच्छर लगाउनुभएन, आफू त्यसरी नै अघि बढ्ने दम्भ देखाउनुभयो । त्यसपछि उहाँबाट संयुक्त सरकार चल्दैन भन्ने निक्र्योलका साथ एमाले बाहिरिएको हो । एक प्रकारले त्यसरी बाहिरिन प्रधानमन्त्रीले नै बाध्य पारेका हुन् ।
० तर एमाओवादीले नचाहेसम्म त सहमति बन्न सक्दैन र अर्को सरकार गठन पनि हुन त सक्दैन नि ?
– सक्दैन, उसले नाजायज अडान लिइरहन्छ भने, देश रसातलमै पगेपुगोस् भन्छ भने उसलाई जनताले त्यही किसिमको सजाय देलान् नि । मुलुकको अर्थतन्त्रको अवस्था यति जर्जर भइसकेको छ कि अब एक डेग अघि बढ्न नसक्ने भइसकेको छ भनेर विज्ञहरुले रिपोर्ट दिएका छन् । अनि राजनीतिक रुपमा यस्तै हुण्डरी मच्चाइरहने ? देशलाई रसातलमै पुरयाउने त उसले ?
० अहिलेकै स्थितिमा संविधान त परकै कुरा भइसक्यो, चुनाव पनि हुने देखिन्न, देशलाई साँच्चै यस्तो अवस्थामा कतिन्जेल राख्ने त, माओवादीले यस्तो गर्छ भने हामी पनि यस्तै गर्छौं भन्ने कि तपाईंहरुले समाधान दिने ?
– हामीले समाधानको बाटो त देखाइसक्यौँ नि, उ यसमा हिँड्न तयार हुनुपर्छ कि पर्दैन ? बाबुरामजी खुरुक्क हट्नुस्, नयाँ प्रधानमन्त्री राख्छौँ हामी, चुनाव पनि बैशाखमै गराउँछौँ, संविधानका बाँकी कामलाई टुङ्गो लगाउँला, अनि देशले निकास पाउला त भनिरहेकै छौँ नि हामीले ।
० सहमतिका कुरा गर्दागर्दै तीनवटा प्रधानमन्त्री फेरिए, तीनवटाले दिन नसकेको समाधान अब चौथो प्रधानमन्त्रीले देन सक्छन् भन्ने आधार के रु एउटा व्यक्ति फेर्दैमा कसरी हुन्छ ?
– हुन्छ । मैले मोरो कार्यकालमा समाधान नदिएको होइन, माओवादीको शिविरलाई नेपाल रिकारको मातहतमा ल्याएकै हुँ, लडाकाहरुलाइस् कसरी नेपाली सेनामा समाहित गर्ने भन्ने टोटल प्रोग्राम मैले नै ल्याएको हुँ । अनमिनलाई मैले नै बिदा गरिदिएँ । त्यसपछि नेपाली सेनाले पहलकदमी गर्न थाल्यो र शान्तिप्रक्रियालाई टुंगोमा पुरयाउने आधार खडा भयो । अब आउने प्रधानमन्त्रीबाट सहमतिका आधारमा अगाडिका थप काम हुनेछन्, यो काम बाबुराम भट्टराई या एमाओवादीबाट भएन, उनीहरुबाट वातावरण बिथोल्ने काम मात्रै भयो ।
० पार्टी नै फटाएर बाबुराम र प्रचण्डजीहरुले शान्तिप्रक्रियालाई टुंगोमा पुरयाएका होइनन् र ?
– होइन । उनीहरुको पार्टी त पहिले नै फुटिसकेको थियो । पुष्पकमल दाहालजीले एउटा कुरामाचाहिँ आँट गरेकै हुन्, त्यो पनि आँट गरेको भन्ने कि परिस्थितिको वाध्यता भन्ने हो– चैत्र ८ गते उहाँले एकैचोटी नेपाली सेनालाई लडाकाको पूरै जिम्मेवारी सुम्पिने काम गर्नुभयो । त्यसका निम्ति उहाँलाई मैले साधुवाद भन्नै पर्छ ।
० यतिबेलाको समस्या भनेको माओवादी मात्रै हो भन्न मिल्छ र ?
– जेठ २ गते भएको सहमतिको पालना कसले गरेन भन्दा माओवादीले । अरु विभिन्न सहमतिको पालना कसले गरेन ? त्यो पनि एमाओवादीले । यसरी सहमति तोडेर समस्या लम्याउँदै जानेमा अरु पाटी कतै जिम्मेवार छैनन् । गल्ती एउटाले गर्ने अनि त्यसको भार अरुले बोक्ने ? त्यसैले तपाईंहामी सबै मिलेर एमाओवादीलाई ठाउँमा ल्याउनु परयो, कसैले फुक्र्याउने कसैले गाली गर्ने गरेर समस्या समाधान हुँदैन भन्ने मलाई लागेको छ । सबै मिलेर उनीहरुको गल्ती–कमजोरीलाई औंल्याइदिएमा उनहाँहरु ठिक ठाउँमा आउनुहुन्छ भन्ने लाग्छ मलाई ।
० त्यति गर्दा पनि ठिक ठाउँमा नआए के हुन्छ नि ?
– त्यसपछि जनतामा आक्रोश हुन्छ, विद्रोह हुन्छ र माओवादीको अवसान हुन्छ । नेपालको इतिहासमा माओवादी भन्ने कुनै एउटा शक्ति पनि थियो अरे भनेर हामीले कथा पढ्नुपर्ने हुन्छ, अरु के हुन्छ ?

१५ मंसिर २०६९, शुक्रबार ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..