घरमूलीको भूमिकामा रहेका राष्ट्रपति खोपाका भिमसेनझैँ तमासे बन्न सक्दैनन् : डा. महत

० राष्ट्रपतिले दिएको एकसाताको समयभित्र तपाईंहरुले सहमतिको प्रधानमन्त्री चयन गर्न सक्नुहुन्छ ?
– मलाई विश्वास छ यो सम्भव छ, किनकि राष्ट्रपतिको आह्वानले दबाव सिर्जना गर्छ । अब निश्कर्षहीन, परिणामहीन वार्ता हुँदैन, दलहरुले औपचारिक र अनौपचारिक दुवै रुपमा गम्भीरताका साथ छलफल गर्नेछन् ।
० यसअघि पनि तपाईंहरुले गम्भीर भएरै पटक–पटक वार्तामा बस्नुभएको होइन र ?
– गम्भीरताकै साथ बसिएको हो तर गम्भीरता रहेनछ भन्नुपर्ने भयो । गम्भीरता भएको भए त परिणाम निस्कन्थ्यो होला नि । यसमा मुख्य कारण के रह्यो भने हिजोसम्म एमाओवादीले अरुलाई अल्मल्याएर सत्तामा रहिरहन सकिन्छ भन्ने मानसिकताबाट ग्रसित भएर व्यवहार गर्दै आयो, अब त्यो अवस्था रहेन । उनीहरुको त्यो विश्वास भ्रममा परिणत भएको छ । अब कसैले कसैलाई अल्मल्याएर काम चल्दैन, निचोडमा पुग्नै पर्छ ।
० ६ महिनामा हुन नसकेको काम अब ६ दिनमा होला त ?
– भनिहालेँ नि, दलहरुलाई सहमतीय सरकार गठन गर्नका लागि या सहमतिय प्रधानमन्त्री चयन गर्नका लागि वाध्यकारी स्थिति सिर्जना भएको छ । हिजोसम्म त एमाओवादी, मधेसवादीहरु सरकारमा रहिरहन्छौँ, हामीलाई हल्लाउन कसैले सक्दैन, अजम्मरी नै हौँ भन्ने मानसिकतामा थिए, राष्ट्रपतिको आह्वानले त्यो स्थितिमा बदलाव ल्याएको छ । दलहरुलाई वाध्यकारी परिस्थितिमा पुरयाइदिएको छ ।
० तपाईंहरुका अडान ज्यूँका त्यूँ छ, सहमतिका आधारचाहिँ के त ?
– परिणाम निस्केपछि आधार देखिन्छ ।
० तर, सात दिनमा पनि तपाईंहरुले उम्मेदवार दिन सक्नुभएन भने त्यसपछिचाहिँ के गर्नुहोला त राष्ट्रपतिले ?
– त्यतिबेला ३८ (२)अनुसारको सरकार गठन गर्नका लागि राष्ट्रपतिले पहल गर्नुहुनेछ । दलका नेताहरुसँग परामर्श गर्नुहुन्छ । विगतको संसदमा रहेका दलहरुसँगको छलफलपछि जसको पक्षमा बहुमत देखिन्छ उसैदलबाट अघिसारिएका व्यक्तिलाई उहाँले प्रधानमन्त्री घोषणा गर्नुहुन्छ ।
० संसद नभएको अवस्थामा त्यसरी गर्न कत्तिको सम्भव हुन्छ या मिल्छ ?
– संसद नभएको अवस्थामा पनि अहिले एमाओवादीलाई सबभन्दा ठूलो दल किन भनिराखिएको छ त ? अर्को निर्वाचन नहुन्जेलसम्म विगत संसदको जुन संरचना छ त्यसैलाई संसदको आधारको रुपमा लिइन्छ ।
० त्यसो गर्दा त यही सरकारले निरन्तरता पाउने सम्भावना पनि रहँदैन र ?
– त्यो त असम्भव नै छ । किनकि अहिले एमाओवादी नै फुटेर आधाआधी भइसकेका छन् भने मधेसी मोर्चा आधाभन्दा बढ्ता अहिले सरकारमा रहेको मोर्चाभन्दा बाहिर छन्, यसले गर्दा अहिलेको सरकार बहुमतको आधारमा रहने सम्भावना देखिँदैन ।
० प्रधानमन्त्री डा. भट्टराईले पनि सहमतिको सरकारका लागि आह्वान गरे, अहिले राष्ट्रपतिबाट पनि आह्वान भयो, सरकार पक्ष र विपक्ष सधैं यसरी फरक दिशातिर फर्किरहने हो भने आह्वानले मात्रै काम गर्ला ?
– विपरित दिशामा फर्केको हुनाले नै राष्ट्रपतिले यसरी आह्वान गर्नुपरेको हो । प्रधानमन्त्रीको आह्वानमा उनको र उनको दलको स्वार्थ लुकेको थियो । यथार्थमा उहाा सरकारको नेतृत्व छोड्न चाहनुहुन्न । तर राष्ट्रपतिको पछाडि त मुलुक सही दिशामा जाओस् भन्नेबाहेक अरु स्वार्थ देखिँदैन ।
० तपाईंहरुको आग्रहबमोजिम राष्ट्रपतिले त आह्वान गर्नुभयो, अब त्यसले पनि निकास दिन सकेन भने त राष्ट्रपति झन् अप्ठ्यारोमा पर्छन् भनेर धेरैले भनिरहेका छन् नि ?
– राष्ट्रपतिको जिम्मेवारी हो संविधानको रक्षा गर्ने । संविधानले उहाँलाई संविधानको संरक्षक भनेको छ । संरक्षकको भूमिका त पालन गर्नुपरयो नि, घर भाँडिन थालेपछि घरको मूलीले सुधारको काम गर्नुपरयो कि परेन ? खोपाको भिमसेनजस्तो मात्र भएर तमासा हेर बस्न सुहाउँछ त घरमूलीले ?
० तर, राष्ट्रपतिले सहमतिको उम्मेदवार मागेकोमाग्यै गर्ने र तपाईंहरुलेचाहिँ सहमतिको प्रधानमन्त्री दिन नसकेर प्रक्रिया लम्बिरहेका के गर्ने नि ?
– ६ महिनासम्म प्रयास गर्दा नभएपछि राष्ट्रपति बाध्य भएर यो कदम चाल्ने ठाउँमा पुग्नुभएको हो । राष्ट्रपतिले अस्ति बजेट स्वीकृत गरिदिएर सरकारप्रति सदासयता देखाइदिनुभयो भने अहिले सदासयताका साथ राजनीतिक निकासको प्रयत्न गरिरहनुभएको छ । अब हामीले उम्मेदवार चयन गरेर देखाउनु पर्छ ।

९ मंसिर २०६९, शनिबार ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई गरेका छन् । कोरोना..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..