निर्वाचनमा जान ढिलाई गरे देश एमाओबादीको हातमा जाने

पुरुषोत्तम ढकाल:
आफैले घोषणा गरेको निर्वाचनको तिथि नाघी सक्दा पनि बाबुराम भट्टराई नेतृत्वको एमाओबादी सरकार राष्ट्रपतिसंग सिंगौरी खेल्दै पेलेरै सत्ता लम्ब्याउने खेलमा लागेको छ । उता पद लोलुपहरुको भिड बोकेको काँग्रेसका लोभी र पापीहरुको उम्दा नमुना शेर बहादुर देउबा र राम चन्द्र पौडेल प्रचण्डले प्रधानमन्त्रि बनाइदिने आस्वाशनमा लिप्त हुदै आफ्नै दल सहित बिपक्षी गठबन्धनले उद्घोष गरेको आन्दोलन तुहाउने ताना बन बुन्दै छन् । सहमति र सहमतिको नाटक गर्दा पनि प्रचण्डको प्रधानमन्त्रि बन्ने सपना दक्षिणबाट अनुमोदन नभए पछी लुम्बिनी बृहद विकाशको तुरूप हानेका छन् एशिया प्यासेफिक एक्सचेन्ज नामको चिनियाँ गैर सरकारी संस्थाको च्याखे थापेर । कुनै बेला संबिधान सभाको श्रेय लिने एमाओबादी आफैले संबिधान सभाको बिघटन गर्यो र आज कुनै पनि हालतमा उसले संबिधान बनाउने वा निर्वाचन चाहेको छैन । एमाओबादी आफैले जातिय पहिचान सहितको संबिधान दिने वाचा गरेर उचालेको जनजाती आन्दोलन उसलाई परि आउदा सत्ता हतियार र आर्थीक सहयोग गर्ने चिनियाँ हरुको खप्की खानु परे पछी घाँडो बनेको छ । उता युरोपका दाताहरुको खप्की सुन्न नसकेर जनजाती आन्दोलनका अगुवाहरु भन्न थालेका छन् बेइमान माओबादी । नेपाली राजनीतिलाई नजिक बाट नियाली रहेका एक जना विश्लेषक भन्छन, ‘अब पनि सहमति भन्नु भनेको काले काले मिलेर खाउ भाले हो अन्यथा जनबादी राज्य सत्ताको बिजय अभियानमा रहेको एमाओबादी र संसदबादी दलको बिचमा न उदेश्य मिल्छ न विचार ।’ अर्का विज्ञको अनुमान छ राजनीतिक धुर्बिकरण र जातिय धुर्बिकरण गराउन सफल एमाओबादी सत्तामै बसेर अन्तिम युद्दको तयारीमा रहेको छ र यसको लागि उसले ड्यास माओबादीले तयार गरेको छापामार दस्ताको बाहिरी सहयोग पाउने छ जसको लागि भर्खरै सरकारले अयोग्य लडाकुलाई युद्दको तयारी स्वरूप २ लाखको आर्थिक सहयोग दिएको छ । यद्यपी कथम कदाचित निर्वाचन भयो भने पनि त्यो दस्ता यस अघिझै मतदाता तर्साउन प्रयोग गरिनेछ । अर्को तर्फ संसदवादी दलहरु बीच जातियता, मधेश र पहाडको बिभाजनले अबको लडाई सत्तमा बसेर लड्न माओवादीको अनुकुल हुनेछ । यहाँ स्मरणिय के छ भने मित्र राष्ट्र चिनको लागि ठुलो टाउको दुखाइको बिषय बनेको नेपालसंगको सिमा सुरक्षा गर्न भरण पोषण गरिएको नेपाली माओवादीहरुलाई थप शैन्य सामग्री सहयोग र आर्थिक श्रोत जुटाई दिनु उसलाई सस्तो र दिर्घकालिन हित अनुकुल हुनेछ । यता संसदवादी दलहरु मध्य काँग्रेस र एमालेको आधा जत्था प्रधानमन्त्रि पाउने आसमा माओवादीको मोहजालमा परि सकेको छ भने मधेश बादी दल जता काफल पाक्यो उतै चरी नाच्यो । यस्तो अवस्थामा राष्ट्रिय सहमतिको सरकारको तर्क राखेर आन्दोलनमा होमिएका बिपक्षी गठबन्धनको आधा हिस्सालाइ कसले दिलाई दिने सरकारको नेतृत्व गर्ने अवशर यो प्रश्न अहम बनेको छ यति बेला नेपाली राजनीतिमा । पत्रकार एवं विश्लेषक देव प्रकाश त्रिपाठी सम्भावित दुर्घटनाको आंकलन गर्दै भन्नु हुन्छ, ‘बिजियी एमाओबादी जनबादी राज्य सत्ताको नजिक छ तर संसदबादी दल आफैमा विभाजित छन् र बिशाल छिमेकीलाई आफु अनुकुलको सरकार चाहिएको छ आफ्नो सिमा सुरक्षा गर्न’ र एमाओबादीको सत्तमा वसेर अन्तिम लडाई लड्ने अवसरको लागि उसले राष्ट्रपति संग निहु खोजि रहेको छ तर दलहरु ठुलो र अन्तिम लडाईको सम्भावित अवस्था भुलेर सत्ता खोजिरहेका छन् ।’ निष्कर्षमा दलहरु बिचको संवाद होस् वा आन्दोलन सबै एमाओबादी अनुकुल हुदै छ । राष्ट्रपतिले आफ्नो भूमिका निर्बाह गरेर निर्वाचन तर्फ देशलाई लैजान नसके दिर्घ कालको लागि देश र सत्ता छिट्टै चिनियाँ सिमा सुरक्षा गर्न गठन गरिएको एमाओबादीको हातमा जाने छ ।

२५ कार्तिक २०६९, शनिबार ०७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..