हेर्न बाँकि नै छ राष्ट्रपति बराक ओबामा जित्ने बहादुर हुन् कि गर्ने बहादुर -पुरुषोत्तम ढकाल

ठुलो धनराशी खर्चदै महिनौ लामो चुनावी अभियान पछी अपेक्षा गरे भन्दा बढी इलोक्ट्रोल भोट र बिपक्षी भन्दा २ प्रतिशत बढी ५०.३ प्रतिशत जन समर्थन सहित राष्ट्रपति बराक ओबामा अर्को नयाँ इतिहाँस रच्दै दोश्रो कार्यकालको लागि ह्वाइट हाउस प्रवेश गरेका छन् ।

ह्वाइट हाउस प्रवेश संगै अझै गति लिन नसकेको अमेरिकी अर्थतन्त्रका कारण सडकमा भौतारी रहेका लाखौ बेरोजगार, मुलधारमा समेटिन नसकेका असंख्य अल्पसंख्यक र साता अघिको चक्रवर्ती आंधीले तहस नहस पारेको पूर्वी राज्यका जनताको आवाज बनेर दोश्रो कार्यकालको लागि निर्वाचित बनेका राष्ट्रपति बराक ओबामालाई मूल थलो फर्कन नचाहने तर कानुनी हैसियत नभएका लाखौ आप्रवाशीहरुले पनि आशाको नजरले चियाएर हेरी रहेका छन् । तर उनका योजना अनुमोदन गर्ने काँग्रेस बिगतमा जस्तै रिपब्लिकनको नियन्त्रणमा छ ।

उनले बिजय यात्राको पहिलो सम्बोधनमा भने, ‘मैले सर्वश्रेष्ठ काम गर्ने दिन आउदै छ’ हाउसको बनोट बुझेर प्रतिद्वन्दी रोमनी संग सहकार्यको उद्घोष समेत गरे । उनले मनन गरे अघिल्लो कार्यकालमा देखिएको दुई पार्टी विवाद जसले उनको स्वास्थ्य सुधार योजना अनुमोदन भएन । सायद त्यस्तै प्रकिर्तिको तर आ-आफ्नै चुनावी मुद्दामा अल्झेको दुई दल बीच विदेश मामला बाहेकका मुद्दामा समर्थन पाउने उनको योजना त्यति सजिलै साकार हुने छैन । यद्यपी सिनेटको बहुमत भने राष्ट्रपति बराक ओबामाको दल डेमोक्र्याटले कायम राख्न सफलता प्राप्त गरेको छ ।

विश्लेषकहरुले अनुमान गरे झैँ उनको पहिलो कार्यकाल जस्तै यसपटक पनि रिपब्लिकनको गतिरोधका कारण कतिपय कानुन पारित गर्न कठिन हुनेछ ।प्रतिनिधि सभा रिपब्लिकन को नियन्त्रण मा छ र उनका थातिमा रहेका बाचा र योजना दुवै सदनमा अनुमोदन नभै लागु हुदैनन् । यद्यपी उनले रिपब्लिकनलाई मिलेर काम गर्न आव्ह्वान गरेका छन् भलै उनको आवह्वान विपक्षीले यस अघि झैँ नसुनुन ।

उनले भने जस्तै, “अमेरिकाको पुरानो स्वर्ण दिन फर्किन बाँकि छ र त्यो काम उनको दोश्रो कार्यकालमा पुरा हुनेछ’ सडकमा भौतारी रहेका लाखौ बेरोजगार, मुलधारमा समेटिन नसकेका असंख्य अल्पसंख्यक र मूल थलो फर्कन नचाहने तर कानुनी हैसियत नभएका लाखौ आप्रवाशीहरु उनको निर्णय सहितको दोश्रो कार्यकालको त्यो स्वर्ण दिन कुरेर बसी रहेका छन् ।

यता अझै गति लिन नसकेको अर्थ तन्त्र, चिनसंग बढ्दो ब्यापार घाटा, रिसाउदै गएको इजरायल र अमेरिकी अर्थतन्त्रको मेरुदण्ड इजरायली मुलका यहुदी समुदायलाइ सम्हाल्नु अर्को ठुलो चुनौतिको पहाड छ जुन काम उनले आफ्नो अघिलो कार्यकालमा अपेक्षाकृत पुरा गर्न सकेनन ।

करिब ८०० करोड अमेरिकी डलर भन्दा पनि बढी धनराशी खर्च गरेर सम्पन्न भएको राष्ट्रपति चुनाब र राष्ट्रपति बाट आम अमेरिकी जसले अमेरिकी स्वर्ण दिन भोगेका थिए अपेक्षा गर्नु स्वाभाविक हो तर हेर्न पनि बाँकी नै छ, जान्न पनि बाँकि नै छ दोश्रो कार्यकालका लागि चुनिएका राष्ट्रपति ओबामा गर्ने बहादुर हुनकी जित्न मात्र जान्ने बहादुर ।

२३ कार्तिक २०६९, बिहीबार ०७:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..

असार १ बाट पठनपाठन सूचारु गर्न आह्वान

काठमाडौँ, १८ जेठ । आगामी असार १ गतेदेखि विद्यालयमा पठनपाठन सुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि..