अमेरिकी राष्ट्रपति चुनाब: नेपाली अमेरिकनको दायित्व

प्राध्यापक तारा निरौला:
प्रत्यक चार बर्षमा हुने राष्ट्रपतिको चुनाब यस पटक पनि डेमोक्र्याटको तर्फ बाट बहालवाला राष्ट्रपति बराक ओबामा र उनका प्रतिद्वन्दी रिपब्लिकन उमेद्वार पूर्व राज्यपाल मिट रम्नीका बीच घमासान प्रतिष्पर्धाका बीच जारी छ । यस अघि शन २००८ को चुनाबमा आफ्नो पक्षमा अपार जनलहर ल्याएर बिजयी हुनु भएका राष्ट्रपति ओबामालाई यसपटक अमेरिकी खराब अर्थतन्त्रको कारणले निकै चुनैतिहरु पूर्ण बनेको छ बिजय यात्रा । वास्तवमा कुन व्यक्ति ठिक र बेठिक भन्दा पनि राष्ट्रपति ओबामाले आफ्नो कार्यकालमा सम्हाल्नु परेका आर्थिक समस्याहरुको बारेमानै यो निर्वाचनले जनमत संग्रहको स्वरूप लिदै छ भन्दा फरक नपर्ला । यसोत अमेरिकी अर्थतन्त्र ओबामा राष्ट्रपति हुनु भन्दा अगाडिनै भिर बाट खस्न लागेको थियो र आशा जनक आर्थिक सुधार हुन समय लाग्ने देखिएता पनि ओबामाले भीरबाट खस्न लागेको अमेरिकी अर्थतन्त्रलाई बचाइ सुधारको बाटो तिर अघि बढाएको यथार्थलाई सत्य मान्नु पर्छ । जेहोस यसपटकको राष्ट्रपति निर्वाचनमा अर्थतन्त्रको वर्तमान अवस्थालाई आधार बनाएर मतदाताहरुले मत दिने छन् भन्ने कुरामा कुनै संका छैन । रिपब्लिकन पार्टी र यसका उमेदवारले अपेक्षित रुपमा अर्थतन्त्रको सुधारमा तिब्रता नभएको दाबि गरि राष्ट्रपति ओबामालाई यसको जिम्मेवार व्यक्ति र अशफल राष्ट्रपतिको संज्ञा दिंदै आफु राष्ट्रपति निर्बाचित भएमा आउने ४ बर्षमा १२ मिलियन रोजगारका अवसरहरु सिर्जना गर्ने दाबि गर्नु भएको छ भने उता राष्ट्रपति ओबामा चाही अर्थतन्त्रलाई भीरबाट लड्न नदिएको र यसमा क्रमिक सुधार आइ रहेका धेरै सकारात्मक उदहारणहरु दिएर आफ्नो आर्थिक नीति ठिक रहेको र आफ्ना प्रतिद्वंदी रिपब्लिकन उम्मेदवार राम्निले जितेमा हाँको कार्यकाल सुरुहुनु अगाडिको अशफल अर्थनीतितिर फर्काउने हुनाले त्यो गलत बाटो तिर नगई आफ्नो अग्रगामी नीतिनै ठिक भएकोले आफ्नो आर्थिक नीतिलाई कदर गर्दी मत दिन आग्रह गर्नु भएको छ । जेसोह नोवेम्बर ६ अगाडी चुनाबी मुद्दा अरु नौंलो थपिने देखिंदैन र बर्तमान अर्थतन्त्र नै निर्णायक बिषय रही रहने रहने छ ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको चुनाब कसरि हुन्छ?
अरु धेरै प्रजातान्त्रिक देशहरुमा हुने यस्तो राष्ट्रिय चुनाब संयुक्त राज्य अमेरिकाको हकमा भने अलि फरक छ र जनमतमा बढी मत ल्याउने उमेद्वार पनि हार्न सक्छ भन्दा अलि अनौठो पनि लाग्ला । हाम्रो लागि यो स्वभाबिक पनि हो । हो जनताको मतको ठुलो महत्व पक्का छ तर यहाँको राष्ट्रपति सिमित प्रतिनिधिहरुले चुनाबी प्रक्रिया द्वारा छान्छन र राष्ट्रपति छान्ने यो सिमित व्यक्तिको समुहलाई इलेक्टोरल कलेज भनिन्छ । इलेक्टोरल कलेजको आकार संयुक्त राज्य अमेरिकाको प्रतिनिधि सभाका सदश्यहरु (४३५), सेनेटका सदश्यहरु (१००) र संयुक्त राज्य अमेरिकाको राजधानी रहेको ठाउँ वाशिंगटन्, डि.सी. बाट ३ जना बराबर (५३८) हुन्छ । हरेक राज्यका बिधायिका शभाका सदश्यहरुले कसरि छान्ने भन्ने निर्णय गर्छन र त्यसै अनुसार राजनैतिक दलहरु वा उमेद्वारका चुनाब समितिले राज्यस्तरका इलेक्टोरल कलेजकका सद्श्यहरुको चयन वा नामकरण गर्छन । यो समुहमा संघिय सरकामा निर्बाचित भएर वा नियुक्ति पाएर पदमा रहेको व्यक्ति र देश द्रोही गतिविधिमा लागेको व्यक्ति रहन पाउंदैन । राष्ट्रपतिको चुनाब नोबेम्बरमा भएतापनि ५३८ को समुहले आफ्नो आफ्नो राज्यमा बैठक बसी राष्ट्रपति र उपराष्ट्रपतिको लागि डीसम्बरमा मात्र आधिकारिक रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको लागि मतदान गर्छन र जुन उमेद्वारले कम्तिमा २७० इलेक्टोरल कलेज मत ल्याउँछ उ नै राष्ट्रपति बिजयी घोषित हुन्छ । नोभेम्बर ६ निर्बाचन हुन्छ र प्राय त्यसको केहि घण्टा मै सबै नतिजा (साधारण जनमत र इलेक्टोरल कलेज साधारण बहुमत) थाहा भै सक्ने हुनाले इलेक्टोरल कलेजको डिसेम्बरमा हुने कार्य एक किसिमले औपचारिकता पुर्याएको जस्तो मात्र देखिन्छ । यहाँ सम्झनु पर्ने कुरा के छ भने प्राय जसो जुन उमेद्वारले जुन राज्यमा जित्छ त्यस राज्यका सबै इलेक्टोरल कलेज मत उतै जान्छन (जसलाई विनर टेक्स अल पनि भनिन्छ) र केहि राज्यमा मात्र समानुपातिक रुपमा उमेद्वार बीच बाँडीन्छन । इलेक्टोरल कलेजको प्रक्रियाबाट राष्ट्रपति र उपराष्ट्रपति को चयन गर्ने प्रक्रियालाई कत्तिले अप्रजातान्त्रिक भनेतापनि चुनाबी प्रक्रियामा संबैधानिक परिवर्तन ल्याउने कुरामा भने कसैले साहस गरेका छैनन् अहिले सम्म । यो निर्बाचन प्रणालीलाई सयौं बर्ष पहिले यहाँका राष्ट्रपिताहरुले त्यो बेलाको आवश्यकता अनुसार सन्तुलित रुपमा सबैको प्रतिनिधित्व होस् भन्ने धारणाले लागु गरिएको ब्यबस्था मानिन्छ ।

नेपालीमूलका अमेरिकीहरुको लागि यो चुनाब किन महत्वपूर्ण छ ?
२०१० सालको जनगणना अनुशार लगभग ६० हजार जति मात्र नेपालीहरु संयुक्त राज्य अमेरिकामा मतदाता भएको देखाएतापानी हाम्रो अनुमान अनुसार २ लाखको हाराहारीमा रहेको हाम्रो दाबि छ र यो संख्या बढ्दो छ र घंटने वाला छैन । नेपालीहरु जुन परिस्थिति र कारणले यो ठाउँमा आएतापनि यो लेखको अनुमान मा ९५ प्रतिशत भन्दा बढीले यहिनै स्थाईरुपमा बसी संयुक्त राज्य अमेरिकालाई आफ्नो कर्मथलो बनाउने पक्का छ । यो कुरालाई ध्यानमा राख्ने हो भने नेपाली अमेरिकन समुदायले स्थानीय देखि राष्ट्रिय स्तर सम्म आफ्नो राजनैतिक पहिचान बनाउन र आफुलाई यहाँको समुदायमा समाहित गर्न लाग्नु पर्छ र हरेक बर्षमा हुने बिभिन्न स्तरका चुनाब र अन्य सामुदायिक कार्यहरुलाई मौकाको रुपमा निनु पर्छ । यसको लागि हामि बीच बलियो एकताको खाँचो छ ।
हाम्रो मातृभूमि नेपाल प्रति सधै माया र बिकाशको लागि हाम्रा उचित प्रयास रही रहने छन्, यो छलफलको बिषय पनि होईन । यसको अलावा नेपालमा कुनै राष्ट्रिय संक को परिस्थिति आयो भने अन्तरास्ट्रिय स्तरबाट आवश्यक आवाज र सहयोग जुटाउनु हाम्रो कर्तव्य हुन्छ । तर नेपालको दैनिक राजनीतिमा अमेरिकामा बसेर अहिले हामि जुनरुपमा तल्लिन देखिन्छौं त्यो दिर्घ कालको लागि अर्थपूर्ण देखिन्दैन । बरु त्यो समय र श्रोत प्रायोग गरि हामीले यहां नै हाम्रो राजनैतिक, आर्थिक, सामाजिक र संस्कृत पहिचान को बिकाशमा लाग्यौ भने हाम्रो लागि कल्याण हुने हुनाले यस तर्फ ध्यान दिनु जरुरि छ । त्यसैले भोट दिन योग्यहरुले भोट दिउँ र बाकि सबै मिलेर आफुलाई मनपरेको अर्थात् हाम्रो समुदायको हितमा नीति र बिचार बोकेका उमेदवारहरुलाई सहयोग गरौ । क्यालिफोर्नियामा केहि वर्ष पहिला स्थानीय स्तरमा रजर अधिकारी र यसै साल वाशिंगटन राज्यमा दर्शन रौनियारले सुरुगरेको राष्ट्रियस्तरको नेतृत्वमा सहभागी हुने प्रयास हाम्रो लक्ष्यको सुरुवात हुन् यसलाई बिकशित रुपमा अगाडी बढाउदै लानु जरुरि छ ।

एकै छिन नोभेम्बर ६ को आसन्न राष्ट्रपति निर्बाचन तिर फर्किउ, यसपालिको राष्ट्रपतिको उम्मेदबारको संख्या धेरै भए पनि खास गरेर बहालवाला राष्ट्रपति बराक ओबामा र उनका प्रतिद्वन्दी रिपब्लिकन दलका मिट रमनी का बीच मानै चुनाब सिमित छ । याद रहोस यो केवल दुइ राजनैतिक दलको मात्र बाहुल्यता रहेको देश हो । समष्ठिगतरुपमा हेर्दा प्रजातान्त्रिक दल र यसका उमेद्वार बराक ओबामाका आर्थिक एबम सामाजिक नीति तथा कार्यक्रमहरु निम्न एबम मध्यम बर्गीय अमेरिकनहरुको लागि प्रभावकारी र उपयोगी देखिन्छन । तुलनात्मक रुपमा हेर्दा रिपब्लिकन र यसका उमेदार मिट रमनीका नीति तथा कार्यक्रमहरु कम उदार मानिन्छन अथवा बडी संकीर्ण रहेका छन् र धनीहरुलाई धेरै लाभ दिने खालका छन्भ न्ने आरोप पनि सुनिने गरेको छ । यी सबै कुराको विश्लेषण गर्दा राष्ट्रपति ओबामा ले नै पुन: जित्नु पर्छ भन्ने हामि अल्पसंख्यक अमेरिकीहरुको चाहना छ र हाम्रो तर्फ बाट केहि हद सम्म प्रयत्न पनि रहेको छ । राष्ट्रपतिको चुनाबको साथै ठाउँ ठाउँमा प्रतिनिधि शभा, सिनेट लगायत अन्य चुनाबहरुपनि राष्ट्रपति निर्वाचन संगै हुदै छन् । तल्लो तहको निर्वाचनमा समेत आ-आफ्नो ठाउँबाट सहभागिता देखाउनु हाम्रो कर्तब्य पनि हो । थप्ने पर्ने कुरा हामीले “नेपाली” भन्न नछोडौ र साथै “नेपाली अमेरिकन” भन्नलाई पनि लाज मान्ने वा हिच्किचाउने काम नगरौं । यो हाम्रो यथार्थ हो, गौरब साथ् स्वीकार गरौँ ।

 

२० कार्तिक २०६९, सोमबार ००:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..