महासचिव मुन नेपाल नआएर राम्रो गरे

प्रकाशचन्द्र लोहनी, सहअध्यक्ष, राष्ट्रिय जनशक्ति पार्टी
० वानकी मुनको भ्रमण के कारणले स्थगित भयो होला ?
– माओवादीले शान्ति सम्झौता स्प्रिटअनुसार लैजान नसकेको कारणले अथवा लग्न नचाहेको कारणले गर्दाखेरि यो अवस्थामा महासचिव मुनको भ्रमण उपयुक्त नभएको कारण रोकिएको जस्तो लाग्छ । माओवादी अध्यक्ष प्रचण्डजीले शान्तिका लागि प्रतिबद्ध छु म भनेर देखाउने हो भने उहाँले सात बुँदे सम्झौताअनुसार अगाडि बढ्नु भयो भने मात्र उहाँहरु शान्तिका लागि उहाँहरु प्रतिबद्ध हुनुहुँदो रहेछ, सत्ता कब्जा गर्ने उहाँहरुको योजना होइन रहेछ । त्यसो भयो भने मात्र राम्रो म्यासेज जान्छ । त्यो परिवेशमा मुनलाई नेपाल आउन सजिलो हुन्छ ।
० अध्यक्ष प्रचण्डकै कारणले मुनको भ्रमण स्थगित भयो ?
– माओवादीले जुन किसिमले ढिलाई गरिरहेको छ, अहिलेसम्म पनि शान्ति प्रकृयालाई सत्ता कब्जाको रणनीतिका रुपमा अख्तियार गरेको छ । यो सबैले बुझेको कुरो हो । त्यो उहाँहरुले छोड्नुभयो भने अन्तर्राष्ट्रिय मान्यता पनि हुन्छ । बुद्ध धर्मप्रति उहाँको अनुगरा धेरै नभए पनि अलि अलि विश्वास गर्ने ठाउँ आउँछ ।
० शान्ति र संविधानका लागि मुन नेपाल आइदिएको भए राम्रो हुन्थ्यो नि ?
– शान्ति प्रकृयामा सही गर्ने मुख्य दलहरुले नै वास्ता गरेको छैन भने त्यही दलको निमन्त्रणामा नेपाल आएर बैधानिकता दिनु किन ? त्यसकारण मुनले जुन निर्णय गर्नुभएको छ, मलाई ठीक लागेको छ ।
० नागरिक समाजको विरोधले भ्रमण स्थगित भएको हो ?
– नागरिक समाज मात्र होइन, हाम्रो पनि विरोध हो ।
० प्रचण्ड लचिलो हुदाहुदै तपाईंले भ्रमण के रोक्नु भयो ?
– उहाँ लचिलो हुनुभएको छैन । ललिचलो भएर प्रस्तुत भएको भए कुरा मिलिसक्थ्यो । लचिलो भएको भए सात बुदेमा लडाकूको दर्जा निर्धारण नेपाली सेनाको मापदण्डअनुसार हुनेछ भन्ने कुरा किन नमान्ने ?
० आन्तरिक द्वन्द्वले अप्ठ्यारो पारेको होला नि ?
– कहिलेसम्म उहाँहरुको आन्तरिक द्वन्द्व रहन्छ ? छिटो समाधान निकाल्नु प¥यो वा म यसैगरी जान्छु भन्नुप¥र्यो कि म चाहिँ सात बुँदेअनुसार नै जान्छु, तर आन्तरिक द्वन्द्वले सकिन भन्नुप¥र्यो ।
० प्रचण्डजीको अप्ठ्यारो तपाईंहरुले पनि बुझिदिनु प¥यो नि ?
– प्रचण्डजीले आप्mनो पार्टीको समस्या आपैm समाधान गर्नुप¥र्यो । त्यसबारेमा अरुले केही गर्न सक्दैन ।
० मुन नेपाल नआउदा केही फरक पर्दैन ?
– प्रचण्डजीले लुम्बिनीको जुन कुरा गर्नुभएको छ, त्यसलाई म नकरात्मक रुपमा लिन्न । सात बुँदे अनुसार शान्ति प्रकृया अघि बढाउनु प¥यो भन्ने म्यासेज मुनको भ्रमणले दिएको छ ।

९ चैत्र २०६८, बिहीबार १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..