नयाँ बजेट ल्याउने बेलासम्म यो सरकार रहँदैन – डा. रामशरण महत (नेता, नेपाली काङ्ग्रेस)

० नेपाली काङ्ग्रेसले आफूलाई फेरि संविधानसभाकै निर्वाचनको पक्षमा उभ्याउनुको कारण के होला ?

– हामीले सुरुदेखि नै संविधानमा सहमतिको लागि पहल गरेका हौँ, तर यो प्रयास सफल हुन नसकेपछि आजभन्दा डेढ महिनाअगाडि नै अब निर्वाचनमा जानुपर्छ भनेर तय गरिसकेका हौँ । यसैलाई अहिले औपचारिक निर्णय गरिएको मात्र हो ।
० काङ्ग्रेसभित्र त संविधानसभा पुनस्र्थापनको मुद्दा पनि त उठिरहेको छ नि ?
– पार्टीभित्र विभिन्न विचारहरु उठ्छन्, त्यसमा पुनस्र्थापनाको मुद्दा पनि उठ्छ, यो के अनौठो विषय भयो र ?
० अनौठो नभए पनि वरिष्ठ नेता देउवा, उपाध्यक्ष पौडेलहरुले नै पुनस्र्थापनको पक्षमा आवाज उठाएपछि गम्भीर विषय त बन्यो नि, होइन र ?
– मिडियाले ‘तिललाई ताड’ बनाउन खोजेको मात्रै हो यो कुरा । हाम्रो पार्टीभित्र निर्वाचनको विपक्षमा कोही पनि थिएन र छैनन् भन्ने कुरा सबैले राम्रोसँग बुझ्नुप¥यो । वैशाखमा निर्वाचन गर्नुपर्छ भन्ने कुरामा न शेरबहादुरजी विपक्षमा हुनुहुन्छ न रामचन्द्रजीले नै विमति जनाउनुभएको छ । वैशाखमा चुनाव गर्नेमा हामी सबैको एकमत छ । उहाँहरुको भनाई के मात्र हो भने यदि संविधानमा सहमति भइहाल्यो भने केही समयका लागि पुनस्र्थापना गर्न सकिन्छ कि भन्ने मात्र हो । तर, अहिलेसम्म संविधानमा सहमति हुन नसकेकोले पुनस्र्थापनाको कुरो अब समाप्त भयो ।
० तैपनि पछिल्लो बैठकमा पनि पौडेल र देउवाहरुले त पुनस्र्थापनाकै पक्षमा आवाज उठाए नि, के भन्नुहुन्छ ?
– कुरा जतिपटक दोहो¥याए पनि त्यही नै हो, संविधानका विवादित मुद्दामा सहमति बनेको भए त्यसलाई पास गर्न अल्प अवधिको लागि ब्युँताउन सकिन्छ कि भन्ने हो । हामीले धेरै प्रयास गर्दा पनि त्यो सम्भव भएन । त्यसैले अब यो प्रसङ्ग नै समाप्त भयो । निर्वाचनको विकल्प संविधानसभाको पुनस्र्थापना होइन भन्ने राम्रोसँग बुझ्नु प¥यो सबैले । वैशाखभित्र निर्वाचन हुनुपर्छ, यसको विकल्प छैन भन्ने नेपाली काङ्ग्रेसको भनाई हो । अब दायाँबायाँ कतै नहेरि, नअल्मिलिई निर्वाचनमा जानुपर्छ । सबैले आफूलाई निर्वाचनका लागि तयार गर्नुपर्छ ।
० निर्वाचन गराउने सरकारचाहिँ कसको नेतृत्वमा हुनुपर्ला नि ?
– निर्वाचनका लागि निश्पक्ष राष्ट्रिय सरकार हुनुपर्छ र अन्य राजनीतिक तर्कका आधारमा पनि त्यो सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा गठन हुनुपर्छ भनी हामीले भन्दै आएका छौँ । वर्तमान सरकारलाई कुनै नैतिक अधिकार छैन निर्वाचन गराउने ।
० काङ्ग्रेसको नेतृत्वमा निर्वाचनको सरकार बन्न सक्दैन भनिरहेको छ त सत्ताधारी गठबन्धन र विशेषगरी एमाओवादी नेतृत्वले ?
– माओवादीले त के–के भन्छ के–के । उसले भनेको कुरा बोकेर बस्यो भने त सबै दिग्भ्रमित मात्र हुन्छन् । यस्ता असान्दर्भिक भनाईहरु माओवादीका तर्फबाट धेरै आइसके र आइरहलान् । निश्पक्ष चुनावी सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले मात्र दिन सक्छ । यतिबेला निर्वाचनमा जानु र धाँधलीरहित निर्वाचन गराउनु मुलुकका लागि अपरिहार्य विषय हो । योभन्दा अगाडिका निर्वाचनहरु ऋाफू हारेर पनि काङ्ग्रेसले निश्पक्ष ढङ्गले गराएको सर्वविदित नै छ । त्यसैले अबको सरकारको नेतृत्व पनि हाम्रो पार्टीले गर्छ भन्ने हाम्रो अडान हो । स्वभाविक ढङ्गमा काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन हुन्छ भन्नेमा विश्वस्त छौँ हामी ।
० स्वभाविक ढङ्गमा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्न त पहिले बाबुराम भट्टराईको राजिनामा आउनु पर्ला नि, पर्दैन र ?
– उहाँ पदमुक्त भइसकेको प्रधानमन्त्रीबाट केको राजीनामा आउने ? उहाँलाई त राष्ट्रपतिले निकाल्नुपर्छ अब ।
० राष्ट्रपतिले हटाउने व्यवस्था संविधानमा उल्लेख छ र ?
– पदमुक्त प्रधानमन्त्रीले बलजफ्ती सत्ता कब्जा गरिरहनुपर्छ भन्नेचाहिँ संविधानको कुन धारामा उल्लेख गरिएको छ नि ? अहिले गरिने कुनै पनि निर्णय संविधानभन्दा बाहिरबाटै गर्नुपर्ने वाध्यता छ । संविधानलाई पुनः एउटा ट्रयाकमा ल्याउनका लागि, लोकतान्त्रिक प्रक्रियालाई क्रियाशील गराउनका लागि राजनैतिक तहमा सहमति गरेर नगई सुखै छैन । अहिलेको अन्यो चिर्नका लागि संविधानका धारा पर्याप्त छैन ।
० त्यसोभए राष्ट्रपतिले नै प्रधानमन्त्री हटाउनुपर्छ भन्ने काङ्ग्रेसको ठहर हो ?
– मैले पद त्याग गरेँ भनेर बाबुरामजी निस्कनु सबैभन्दा उत्तम हो र देशले चाहेको पनि यही हो, यदि यसो गर्दैनन् भने हटाउनु पर्ने राष्ट्रपतिले हो । हामी त अझै चाहिरहेका छौँ कि सहमतिले नै पद त्याग गर्नुहोस् ।
० प्रधानमन्त्री आफै नहटे र राष्ट्रपति पनि मौन बसे काङ्ग्रेसले के गर्ने भन्ने रोडम्याप छ तपाईंहरुसँग ?
– छ, किन नहुने ? हामी अझै वार्ता गर्छौं, शान्तिपूर्ण आन्दोलनमा जान पनि सक्छौ“ । यसका लागि वार्ताको ढोका, सङ्घर्षको ढोका, संवैधानिक ढोका र राजनीतिक ढोका सबै विकल्पहरु खुला छन् हाम्रा लागि ।
० सरकारका तर्फबाट विपक्षी दलहरुलाई त सरकारमा आउन अल्टिमेटम दिइएको छ, तपाईंहरु सरकारमा नगए मन्त्रीमण्डल विस्तार गर्ने चेतावनी दिइएको छ नि, के भन्नुहुन्छ ?
– यस्ता हावादारी कुरालाई महत्व दिइरहनु जरुरी छैन । यस्ता गैरजिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट विभिन्न पटक आइरहेका छन्, म त्यसलाई महत्व दिन्नँ र टिप्पणीको लायक पनि ठान्दिनँ । पदमुक्त भएका प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको संसारमा कहाँ उदाहरण छ ? कसरी मन्त्रीमण्डल विस्तार गर्दारहेछन् हेरौँ त, तागत छ भने गरेर देखाए हुन्छ ।
० देशलाई बजेट त चाहिन्छ नि, होइन डा. महत ?
– बजेट चाहिँदैन भनेर त कसले भनेको छ र ? नयाँ बजेट ल्याउने बेलासम्म यो सरकार रहँदैन । राजनीतिक मुद्दा समाधान भएपछि नयाँ सरकारबाट पूर्ण वर्षको लागि बजेट आउँछ ।

१७ कार्तिक २०६९, शुक्रबार १४:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..