बेल्जियममा स्व. श्री गिरिजा प्रसाद कोइरालाको स्मृति सभा सम्पन्न

बेल्जियम : जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व.श्री गिरिजा प्रसाद कोइरालाको  पुण्य तिथिको अवसरमा बेल्जियमको लुभेन शहरमा एक विशेष स्मृति सभा सम्पन्न भएको छ ।

नेपाल तरूण दल महिला परिचालन समितिका पूर्व उपप्रमूख सीता सापकोटाले बेल्जियमको लुभेन शहर स्थित एभरेष्ट बेसक्याम्प रेष्टुरेण्टमा आयोजना गर्नु भएको सो कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै नेपाली जनसम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष ध्रुवराज पौडेलले लोकनायक गिरिजा प्रसाद कोइरालाको प्रजातन्त्रप्रतिको योगदान विश्वमै चर्चित भएको कुरामा प्रकास पार्नु भयो ।

उहाँले बेल्जियम कांग्रेसले बाटो बिराउन लागेकोले कोही कसै व्यक्ति किनारा लाग्न सकिन्छ तर कांग्रेसलाइ बिगार्न नपाइने बताउनु भयो । उहाँले दुर्इ९दुर्इ पटक सदस्यता बाँडेर पनि सबै कुरा तयारी हुँदा हुँदै पनि अधिवेशन गर्न नसक्ने नेतृत्वलार्इ पदमा बस्ने अधिकार नभएको बताउनुभ यो ।

नेपाली कांग्रेसका महासमिति सदस्य इन्द्र क्षेत्रीले गिरिजा बाबु जनताको नेता भएको र उहाँको स्मरण गर्नु आफ्नो अधिकार र कर्तब्य दुवै भएको बताउँदै आफुहरू बेल्जियम कांग्रेसमा ब्याप्त गलत प्रवृत्तिको बिरूद्ध लामो समयदेखि सङ्घर्षरत रहेको र पार्टीका अमूल्य नीधिहरूको स्मृतिमा गरिनुपर्ने कार्यक्रमहरू समेत व्यक्तिगत ढङ्गले गर्नु परेको बारेमा चिन्ता व्यक्त गर्नु भयो ।

उहाँले नेपाली जनसम्पर्क समिति बेल्जियमको वैधानिक हैसियत समाप्त भईसकेको भन्दै कोरम नपुगेको बैठकले दुर्इ जना उपाध्यक्षहरूलार्इ पदबाट हटाएको प्रति कडा आपत्ति जनाउनु भयो । अधिवेशन हुन्छ, न कांग्रेसका क्यालेण्डर बमोजिमका कुनै कार्यक्रम हुन्छन्, खालि कसलार्इ एक्ल्याउने र कसलार्इ सिध्याउने भन्ने ध्याउन्नमा मात्र बेल्जियम कांग्रेसको नेतृत्व लिप्त भएको हुँदा अव धेरै धैर्य गर्न नसकिने हुँदा अब कि त अधिवेशन हुनु पयो नत्र बिकल्पको बारेमा सोच्नु पर्ने बेला भएको उहाँले उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस महाधिवेशन प्रतिनीधि उल्का घिमिरेले नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्यकाल गत वर्ष नै सिद्दिएको र डेट एक्सपायर्ड भएको समितिले लोकनायकको सम्झनामा कार्यक्रम गरेन भन्नु नै बेतुकको कुरा हो भएको बताउनु भयो ।

उहाँले यो समितिले नेजस बेल्जियमको विधानमा व्यवस्था नभए पनि प्राकृतिक कानून बमोजिम थप्न पाउने ६ महिनाको समयावधि पनि सकिएको हुँदा यसको कुनै अस्तित्व नरेहेकोले बेल्जियममा स्थापित सबै नेपाली सँघ सँस्थाहरूलाइ यस तथ्य प्रति सचेत रहन आग्रह गर्नु भयो ।

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष श्रीमति जानकी गुरूङले यो कार्यक्रमको पूर्वसन्ध्यामा जनसम्पर्क समिति बेल्जियमका अध्यक्षको नामबाट कार्यक्रम बहिस्कार गर्न भनि मिडियामा प्रकाशित भएको बिज्ञप्ति दुखद कुरा हो भन्दै गिरिजा बाबु कुनै संघ संगठनको नीजि नभै सारा नेपालीको नेता भएको हुँदा सकभर सबै मिलेर नत्र भने कसैले न कसैले गरेको कार्यक्रममा सहभागी भएर उहाँप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्नु अन्यथा नहुने बताउनु भयो ।

आफ्नो निष्ठा कांग्रेसमा रहे पनि आफु एनआरएन बेल्जियमको अध्यक्ष भएको र गिरिजाबाबु प्रतिको सम्मान र श्रद्दाले गर्दा यो कार्यक्रममा सरीक नभै रहन नसकेको प्रष्ट पार्दै बेल्जियम कांग्रेसलाइ मिलेर अगाडी बढ्न आग्रह गर्नु भयो ।

एनआरएन बेल्जियमका आइसिसि सदस्य अर्जुन कुमार श्रेष्ठले स्वं गिरिजाबाबुको अभावमा सँविधान निर्माण प्रकृया लम्बिएको र उहाँको उचित सम्मान राष्ट्रले गर्न नसकेको हो कि भनेर चिन्ता जाहेर गर्नु भयो ।

त्यसैगरी एनडिएफ बेल्जियमका कोषाध्यक्ष बिपीन खड्काले स्वं गिरिजा प्रसाद कोइरालासँग रत्नपार्कमा सँगै पुलिस यातना भोगेको अनुभव सुनाउँदै उहाँको सकारात्मक र नकारात्मक पक्षहरू बारे विहँगम चर्चा गर्नु भयो ।

राप्रपा बेल्जियमका महासचिव दीपेन्द्र केसीले गिरिजाबाबुले समग्रमा देश, लोकतन्त्र र जनताको पक्षमा काम गरेको भए पनि देशलाइ धर्म निरपेक्ष बनाउने र गणतन्त्र घोषणा गर्ने कुरामा हतार गर्नु भयो भन्नुभयो ।

एनआरएनका उपाध्यक्ष बोधराज पौडेलले गिरिजाबाबु भएको भए राष्ट्रले सकारात्मक निकास पाउने थियो भन्नु भयो – ‘मृत्यू सैय्याबाट पनि गिरिजाबाबुले आफन्तको चिन्ता नगरि शान्ति संविधानको चिन्ता गर्नु भएको कुराले उहाँको राष्ट्रभक्ति दर्शाउँछू’ उहाँले कार्यक्रममा भन्नु भयो ।

त्यसैगरी एनआरएन बेल्जियमका अर्का उपाध्यक्ष अनिता लामाले गिरिजाबाबुसँगको भेटको बारेमा उल्लेख गर्दै उहाँ अतुलनीय नेता हुनुहुन्थ्यो भन्नु भयो ।

नेपाली कांग्रेसका प्रखर वक्ता कमल सिटौलाले कलात्मक भाषण शैलीमा गिरिजाबाबुको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्दै बेल्जियम काँग्रेसमा बिनाकारण सबैभन्दा बढी अपमान आफुले भोगेको र त्यसै कारण केहि समय चुपचाप बसे पनि अब चुप बस्न नसक्ने कुरा बताउनु भयो ।

गिरिजा बाबुको जीवनी र कृतित्वको बारेमा ओम शर्माले प्रकाश पार्नु भयो । उहाँले लोकतन्त्रको लागि विश्वमा ३ वटा हार्इ ज्याकिँग भएको र ती मध्य एउटाको नेतृत्व गिरिजाबाबुले गर्नुभएको स्मरण गर्दै त्यस ऐतिहासिक घटनाको बारेमा नेपालमा बन्न लागेको वृत्तचित्रमा बेल्जियमबाट आफु लगायत ध्रुवराज पौडेल, इन्द्र क्षेत्री, जानकी गुरूँग र सीता सापकोटाले पनि योगदान गरिरहेको कुरा बताउनु भयो ।

अन्य वक्ताहरूमा एनआरएन बेल्जियमका पूर्व अध्यक्ष युवराज गुरूँग, इन्द्र धनुषकी अध्यक्ष श्रीमति अनन्ता गुरूङ, युरो नेपाल खेलकूद सँघका अध्यक्ष किसान केसी, मोना बेल्जियमका लोक राना, विश्व मगर सँघका महासचिव कुल मगर, बेल्जियम कांग्रेसका कार्यकर्ता घन शाही, समाजसेवी बासु खड्का लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रम आयोजक सिता सापकोटाले कार्यक्रमको औचित्य र आवसश्यकताको बारेमा प्रकाश पार्दै हाम्रा आदरणीय नेताको स्मरण गर्न पाउनु हाम्रो हक हो भन्दै यहाँ रहेको काँग्रेसको समितिले प्रथम पुण्य तिथि पनि नमनाएको सन्दर्भमा संस्थापक अध्यक्ष ध्रुवराज पौडेलले प्रथम स्मृति सभाको आयोजना गरेर श्रद्देय नेताप्रति सम्मान र श्रद्दा अर्पण गर्नु भएकोमा यस वर्ष पनि यहाँ स्थित जनसम्पर्क समितिले कुनै कार्यक्रम नराखे पछि मेरो आत्माले सहन नसकि मैले महानायकको स्मृतिमा एक स्मृति सभा राख्नु परेको कुरा बताउनु भयो ।

यस क्रममा जनसम्पर्क समितिका अध्यक्षले आफुसँग अनुचित राजनैतिक मोलोतोल गर्न खोजेको र सो अस्विकार गरेपछि प्रेस बिज्ञप्ति निकालेर कार्यक्रम बहिस्कार गर्न सबै सँघ सँस्था र जनसमुदायलाइ निर्देशन गर्दा गर्दै पनि त्यो निर्देशनको अवज्ञा गर्दै सबैजना उपस्थित भै कार्यक्रम सफल पार्नु भएकोमा सबैलाइ धन्यबाद ज्ञापन गर्नु भयो ।

उहाँले मैले लोकतन्त्रको लागि जुन नीयति भोगेँ त्यो नीयति आउने पुस्ताले भोग्न नपरोसू भन्ने गिरिजाबाबुको मार्मिक उद्वरणको उल्लेख गर्नु भयो । उहाँले आफुले बेल्जियममा सबै काँग्रेस साथीहरूको एकताको लागि भरमग्दूर प्रयास गरेको भए पनि एक पक्षको हठ र अहङ्कारको कारण असफल भएकोमा दुःख ब्यक्त गर्नु भयो ।

बेल्जियमवासी नेपालीहरूको ब्यापक उपस्थितिमा सम्पन्न सो सभाको अध्यक्षता सीता सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थितहरूलाइ प्रेम गुरूँगले स्वागत गर्नु भएको थियो भने सञ्चालन सँयुक्त रूपमा माधव सापकोटा र कृष्ण रेग्मीले गर्नु भएको थियो ।

त्यसैगरि सो स्मृतिसभा पछि बसेको बेल्जियम स्थित काँग्रेस कार्यकर्ताहरूको भेलाले ध्रुवराज पौडेलको संयोजकत्वमा बिपी कोइराला स्मृति प्रतिष्ठान बेल्जियम स्थापना गरेको छ । उक्त प्रतिष्ठानको प्रारम्भिक समितिमा निम्न बमोजिमका सदस्यहरू रहेकाछन् :-

संयोजक: ध्रुवराज पौडेल
सदस्यहरू :
इन्द्र क्षेत्री पकवान
उल्का घिमिरे
सीता सापकोटा
ओम शर्मा
पूर्ण तिमिल्सिना
अनन्त शर्मा कँडेल
बिजय मल्ल
माधव प्रसाद सापकोटा
प्रेम गुरूङ
राधाकृष्ण अधिकारी
रमेश सापकोटा
कमल सिटौला
कृष्ण प्रसाद रेग्मी
यशोदा थापा
संयोजक श्री ध्रुवराज पौडेलले एक जना सदस्य सचिव र आपसी सहमतिमा बाँकी कार्य समिति विस्तार गर्ने निर्णय समेत भएको छ ।

७ चैत्र २०६८, मंगलवार २२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..