तमु समाज बोस्टनको नयाँ कार्य समिति चयन

बोस्टन : तमु समाज बोस्टनको क्रियाशील सदस्यहरुको सहभागिताका बीच मार्च ५,२०१२ बेलमोंटमा अत्यन्त उत्साहका साथ “साधारण सभा” सम्पन्न भएको छ ।
उक्त साधारण सभाले नै नयाँ कार्य समितिको चयन पनि गरेको छ ।जसमा उत्सब गुरुङको अधक्ष्यतामा १७ सदसीय कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिमा ५ जना कार्यकारिणी अधिकृतहरु तथा १२ जना कार्यकारिणी सदस्यहरु रहने व्यवस्था मिलाईएको छ। समाजलाई सही ढंगले अघि बढ्न सहयोग,सर–सल्लाह तथा आवश्यक निर्देशनका लागि १० सदसीय सल्लाहकार समितिको पनि गठन गरिइएको छ। उक्त सल्लाहकार समितिमा अनुभवी र बर्षौं देखि बोस्टन तमु समाजलाई मार्ग निर्देशन गर्दै आउनु भएका व्यक्तित्वका धनीहरु समावेश गराईएको छ।

तपाईंहरुलाई पुन: स्मरण गराऊँ , डिसेम्बर २७ ,२०११ मा बोस्टन तमु समाजले तमु लोह्सारको दशौँ सस्करण सस्थाको अधक्ष्य सुन्दर गुरुङको संयोजकत्वमा भव्यताका साथ सम्पन्न गरेको थियो। उक्त कार्यक्रमलाई सफल बनाउन समाजका स्वयंसेवक तथा कलाकारहरुले भरमग्दुर प्रयास गरेका थिए । परिश्रमी कलाकार तथा स्वयंसेवकहरुलाई सम्मानार्थ एवं नयाँ कार्य समितिलाई स्वागत र पुरानो कार्य समितिको विदाईका लागि नव नियुक्त अध्यक्ष उत्सब गुरुङ ज्युको अधक्ष्यतामा मार्च १८, २०१२मा ३१ कलेज एभ,समरभिलमा अत्यन्त उत्साहप्रद र सौहार्दतापूर्ण वातावारणमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा संस्थाका नवनियुक्त अधक्ष्यद्वारा नव(नियुक्त कार्यसमितिका पदाधिकारीहरुलाई परिचय गराउंदै उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियों कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रम, सस्थाका पूर्व अधक्ष्य र कोषाधक्ष्य लाइ बिदाई तथा सम्मान एवं स्वादिसष्ट भोजनको व्यवस्था पनि गरिएको थियो। संस्थाका पूर्व अधक्ष्य सुन्दर गुरुङ र पूर्व कोषाधक्ष्य रमला गुरुङलाई बोस्टन तमु समाजका आदरणीय बयोबृद्ध बुबा , तजी लम्जुंग निवासी किर्तिमान गुरुङ ज्यु बाट खादा ओढाएर उहाँहरुको योगदान को कदर गर्दै सम्मान–पत्रका साथ बिदाई तथा धन्यबाद दिनु भएको थियो। कार्यक्रममा विविध जोडीहरु बीचमा नृत्य प्रतियोगिता भएको थियो; जसमा निर्णयकर्ताको भूमिकामा बरिष्ठ कलाकारद्वय देवी ओली र बिनोद ओली हुनुहुन्थ्यो। त्यो प्रतियोगिता अत्यन्त मनोरंजनपूर्ण र रोमान्चक थियो। जसमा निर्णयकर्ताहरुको निर्णय अनुसार प्रथम हुने जोडी रत्न गुरुङ र दिल बहादुर गुरुङ ,दोश्रो हुनेमा पूर्ण गुरुङ र बिन्दु गुरुङ अनि तेश्रो स्थान प्राप्त गर्नु भएको थियो रोढ आइल्याण्ड बाट आउनु भएका जोडी बिनोद र सुमित्रा धितालले ।
कार्यक्रमको संचालन अत्यन्त प्रभावकारीरुपबाट संस्थाका नवनियुक्त सचिव आरती गुरुङ ज्युले गर्नु भएको थियो। उक्त कार्यक्रमको समापन पनि उत्कृष्ठ ढंगले, संस्थाको नव नियुक्त उपाधक्ष्य सम्झना गुरुंगले सबैलाई धन्यबाद ज्ञापन गर्दै गर्नु भएको थियो। साथै संस्थालाई कार्यक्रम स्थान उपलब्ध गरि सहयोग गर्नु हुने संस्थाको नव(नियुक्त सदस्य एवं पास्टर भिम गुरुङज्यु प्रति बोस्टन तमु समाज हार्दिक आभार प्रकट गर्दछ। एवंरितले यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा बोस्टन तमु समाज हार्दिक धन्यबाद टक्र्याउन चाहन्छ ।
नयाँ कार्य समितिमा छनौट हुनु भएका महानुभावहरुको नामावली यस प्रकार छ।
कार्यकारिणी अधिकृतहरु
१, अधक्ष्य: उत्सव गुरुङ
२, उपाधक्ष्य:सम्झना गुरुङ
३, सचिव:आरती गुरुङ
४, कोषाधक्ष्यः बिरेन्द्र गुरुङ
५, सूचना निर्देशकःभक्त गुरुङ
कार्यकारिणी सदस्यहरु
१ अन्जना गुरुङ
२ कमला गुरुङ
३ प्रकाश गुरुङ
४ पूर्ण गुरुङ
५ पुष्प गुरुङ
६ बशन्त गुरुङ
७ भिम गुरुङ
८ युबराज गुरुङ
९ राज कुमार गुरुङ
१० सबिना गुरुङ
११ सुरजा गुरुङ
१२ सुरेन गुरुङ
सल्लहाकारहरुमा
१ झक गुरुङ
२ तोत्र मान गुरुङ
३ धन कुमार गुरुङ
४ प्रकाश गुरुङ
५ भुवन गुरुङ
६ मायाँ गुरुङ
७ मिलन गुरुङ
८ रत्न गुरुङ
९ रमला गुरुङ
१० सुन्दर गुरुङ

७ चैत्र २०६८, मंगलवार २२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..