दोश्रो नेपाल-अमेरिका सुन्दरी प्रतियोगिता २०१२ घोषणा

बिजय थापा, मेरिल्याण्ड, मेरिल्याण्डमा दोश्रो नेपाल-अमेरिका सुन्दरी २०१२ प्रतियोगिताको औपचारिक घोषणा गरियो। उक्त औपचारिक कार्यक्रममा समाजका बिभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धि जीविवर्ग तथा संचार कर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यसको उदेश्य तथा अन्य जानकारी यस कार्यक्रका संस्थापक अमित शाहले जानकारी गराइनु हुदै यहि आउदो अगस्त ११, २०१२ मा वाशिंगटन डिसीमा हुने जानकारी दिनु भएको थियोl

पुर्व नेपाल अमेरिका सुन्दरी, सुजिता बस्नेत, प्रथम र द्वितीय उपविजेताहरु क्रमस तिलस्मी बिष्ट तथा नविना बस्नेतले मन्त्यब्य व्यक्त गर्दै आफुहरुमा आत्म विश्वास बढेको र समुदायमा प्रति गर्नु पर्ने जिम्मेबारको महसुस भएको भन्दै आम दाजुभाई दिदि बहिनीहरुलाई सहभागी गर्न उत्प्रेरणा गर्न र सहभागीको लागि अनुरोध गर्नु भएको थियो।

आगामी अगस्त ११, २०१२ मा वाशिंगटन डिसीमा हुने उक्त नेपाल नेपाल यु एस सुन्दरी प्रतियोगिता को लागि समितिको घोषणा गरिएको थियो, उक्त समुहमा शरद बिक्रम सिंह, भारत बराईली, प्रशान्त राज भण्डारी लगायत शशक्त क्रियाशील युवा युवतीहरुको सहितको आयोजक समिति निर्माण गरिएको जानकारी गराईएको थियो।

बिगत बर्षमा संचार कर्मीहरुले प्रचार र प्रसारमा सहयोग गर्नु हुने केहि संचार कर्मी तथा आयोजक समितिका पदाधिकारीहरुलाई प्रशंसा पत्र म्यारील्याण्ड तथा पेनसिल्भंनियाका लागि बाणिज्य दुत प्रेम राजा महतले वितरण गर्नु भएको थियो। आयोजक समितिको तर्फबाट सबैलाई धन्यबाद दिदै कार्यक्रमको अन्त्य गरिएको थियो।

७ चैत्र २०६८, मंगलवार १९:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..