फेसबुक विरुद्ध याहुको मुद्दा

काठमाडौ, ७ चैत । वेब प्रविधिमा प्रयोग भएको १० बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै याहुले फेसबुक विरुद्ध मुद्दा हालेको छ । सामाजिक सञ्जाल फेसबुकले अर्को कम्पनीको निजी बौद्धिक सम्पत्तिको प्रयोग वेब प्रविधिमा प्रयोग गरेको आरोप याहुको मुद्दामा छ ।
क्यालिफोर्नियाको सानजोसेस्थित जिल्ला अदालतमा मुद्दा दायर गर्दै याहुले फेसबुकले जानाजान बौद्धिक सम्पत्तिको अधिकार बेवास्ता गर्दै चोरी गरेको जनाएको छ । सन् १९९९ देखि २०१० मा लिएको कभर एडभरटाइजिङ, प्राइभेसी, कस्टमाइजेनस, सोसियल नेटवर्किङ र म्यासेजिङमा याहुको स्वामित्व भएको उसले जनाएको छ । तर फेसबुकले कुनै अनुमति बिना त्यसलाई चोरी गरेको मुद्दामा उल्लेख छ ।
याहुले फेसबुकलाई गत महिना चोरी गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएको थियो । विश्वका ठूला आइटी कम्पनी रहेको सिलिकन भ्यालीका लागि पेटेन्ट युद्ध नौलो हैन । यसअघि धेरै स्मार्टफोन कम्पनीबीच यसबारे धेरै विवाद हुने गरेको थियो । बौद्धिक सम्पत्ति चोरीकै कारण गत वर्ष गुगलले १२ अर्ब ५० करोड डलर मोटोरोलालाई बुझाएको थियो ।
तर सामाजिक सञ्जालका साइटको क्षेत्रमा भने यसअघि यस्तो विवाद सार्वजनिक भएको थिएन । याहुको मुद्दामा फेसबुकका सहसंस्थापक मार्क जुकेरबर्गको विरुद्धमा पनि लेखिएको छ । मुद्दामा याहुले जुकेरबर्गको फेसबुक कुनै महान् काम नभएको भन्दै यो पहिलाका व्यक्तिले गरेको अनुसन्धानबाट बनाइएको बताएको छ ।
याहुको बजार हिस्सा बिस्तारै घटिरहेको बेला यस्तो समाचार सार्वजनिक भएको छ । याहुले दुई महिनाअघि मात्र नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

७ चैत्र २०६८, मंगलवार १६:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..