कवि सुमन पोखरेल सार्क लिट्रेचर अवार्डद्वारा सम्मानित

काठमाडौ । मोफसलमा रहेर साहित्यिक यात्रामा क्रियाशील कवि सुमन पोखरेलले सार्क लिट्रेचर अवार्डद्वारा सम्मानित भएका छन् । सार्कस्तरीय मुलुकका लेखकलाई दिइने अवार्डको राशि एक हजार डलर छ । गत साता भारतमा सम्पन्न सार्क लिट्रेचर फेस्टिभलमा सुमनसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकाका एक सय लेखक सहभागी थिए । फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिट्रेचरले गर्ने फेस्टिभलमा नेपालका कवि सुमनसहित भारतका अभय के, पाकिस्तानी कवि, पटकथाकार फरहिन चौधरी, अफगानिस्तानका अब्दुल खालिद रसिद र श्रीलंकन निबन्धकार दिया दिसानायके पनि पुरस्कृत भएका थिए । सुमनलाई शनिबार आरोहण गुरुकुलले प्रशंसा पत्रसहित सम्मान गर्‍यो । डा. अभि सुवदी र सुनील पोखरेलले कविलाई खादा ओढाए । हिन्दी, मैथिली, उर्दू समेत जानकार सुमन अनुवादक पनि हुन् । फेस्भिलमा दक्षिण एसियाली महत्त्वपूर्ण नौ लेखकको प्रतिनिधित्व गर्दै बोलाइएका अभि सुवेदीले नेपाली लेखकको उपस्थितिको सराहना गरे । कवि सुमनले फेस्टिभलमा आफू सन् २००८ देखि सहभागी हुँदै आएको बताउँदै अवार्डलाई आफ्नो उपलब्धि माने ।

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मधेश केन्द्रित नयाँ राजनीतिक दल राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन ११ चैत्र २०६९, आईतवार

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य..