सवारी दुर्घटनामा ६ जनाको मृत्यु
  |   Nepal24 hours

काठमाडौं, ४ भदौ । नवलपरासीको अरुणखेला जंगलमा आइतबार राति भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको छन् । काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेका ना ४ ख १०९२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका युपी ५३ वि टि ९३ ८७ नम्बरको इन्डियन ट्रक पूर्व पश्चिम राजमार्गअन्तर्गतअरुण खोला जंगलमा एक आपसमा ठोक्किँदा ४ जनाको घटना स्थलमै र २ जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरु मध्य ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ७ जनाको मध्यविन्दु अस्पताल डण्डा र ३१ जनाको मनकामना मेडिकल हल अरुडखोलामा उपचार भइरहेको बुझिएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*