सभापतिको प्रस्ताव कांग्रेस बैठकबाट बहुमतले पारित
  |   Nepal24 hours

काठमाडौं, २ भदौ । पार्टीमा १२ विभाग थप गरी ४२ विभाग प्रमुख तथा अञ्चल संयोजक तोक्ने सभापति सुशील कोइरालाले अघिसार्नुभएको प्रस्ताव नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले बहुमतले पारित गरेको छ । देउवा पक्षको अहसमतिकाबीच पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापतिको प्रस्ताव बहुमतले पारित गरेको हो । बैठकमा पूर्वानुमान अनुरुप देउवा पक्षधर नेताहरुले विरोध गरेपछि सभापति कोइरालाले सहमतिका नाममा अब चुपलागेर बस्न नसकिने अभिव्यक्तिसहित प्रस्ताव फिर्ता नलिने अडान राख्दै महामन्त्रीलाई प्रस्ताव पारित भएको घोषणा गर्न निर्देशन दिनुभएको थियो ।
बहुमतले प्रस्ताव पारित गरेपछि देउवा पक्षले लिखित असहमति राख्ने बताएकोले बैठकका निर्णयहरु माइनोट नै नगरिएको सो पक्षको भनाई रहेको छ । अब महासमिति बैठकमा आफ्ना कुरा राख्ने असन्तुष्ट पक्षले जनाएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*