आफू प्रधानमन्त्री बन्न प्रचण्डले गठबन्धन बनाएको मोहन बैद्यको दाबी, ‘एनेकपा माओवादीसंग एकताको महाधिवेशन असम्भव’
  |   Nepal24 hours

काठमाडौ, १ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले ‘सत्तारुढ गठबन्धन’ मुलुकको समस्या समाधान भन्दा पनि सत्ताको आयू लम्ब्याउन उद्यत् बनेको र प्रचण्ड आफैं प्रधानमन्त्रीको कुर्सीमा बस्न आतुर रहेको बताएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्न ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ नामको मोर्चा निर्माण गरेको आरोप लगाउंदै नेता बैद्यले प्रचण्डसहितका गठबन्धनका दलहरुले पहिचानसहितको संघीयतालाई संविधानसभाको विघटनसंगै छाडिसकेकोले अहिले संघीयताको लागि गठबन्धन भन्नु केवल जनता झुक्याउने चाल मात्र भएको र सत्ता लम्ब्याएर राज्यको लुट गर्न मात्रै गठबन्धन भएको बताए ।
आज राजधानीमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता बैद्यले दलहरुवीच अहिले सहमति बन्न नसक्ने ठोकुवा गरे । उनले भने– ‘तत्काल सहमति हुँदैन, सहमतिको लागि दबाव दिन मिलेर आन्दोलन अगाडि बढाउनुु पर्छ ।’ कांग्रेस र एमालेको नेतृत्वमा फेरि सरकार बन्न सम्भव नरहेको भन्दै किरणले अब क्रान्तिकारी शक्तिको नेतृत्वमा सहमतिको सरकार बने मात्रै मुलुकले निकास पाउने दाबी गरे । उनले त्यस्तो सरकारको नेतृत्वमा आफ्नो दलको दाबी रहने समेत स्पष्ट पारे । तर बैद्यले आफूले यथास्थितिमा सरकारको नेतृत्व नगर्ने स्पष्ट पारे । ‘यस्तो कुडा–कर्कटमा म प्रधानमन्त्री बन्दिनं, नयां जनवादी सत्ता आयो भने त्यसको नेतृत्व लिन्छु । मैले त्यसैको लागि प्रयत्न गर्ने हो’, उनले भने । बैद्यले पार्टीले जनयुद्ध सहितका सबै विकल्प खुला राखेर अगामी पुसमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिदै एकीकृत नेकपा माओवादीसँग एकता र एकताको महाधिवेशन असम्भव रहेको स्पष्ट पारे ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*