काठमाडौं, १ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्डको नेतृत्वमा गठन गरिएको गठबन्धनसंग आफ्नो पार्टी सहमत नभएको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारलाई तत्काल हटाई नयां सरकार निर्माणको ढोका खोल्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन् । थापाले लाजिम्पाटस्थित प्रचण्डनिवासमा अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी सरकारबाट उक कदम पछाडि हटी राजनीतिक समस्या समाधानको ढोका खोल्नआग्रह गरेका हुन् । उनले वर्तमान सरकार र सत्तारुढ दलहरुको गठबन्धनले देशलाई संकटमुक्त गर्न नसक्ने भन्दै सर्वदलीय सहमतिबाट निर्वाचनमा जान ६ बुंदे प्रस्ताव गरेको जनाए ।