नवलपरासी । ‘आदर्श साहित्य समाज, गैडाकोटले युवा कवि एवम् गजलकार मोती राम भट्टको १४७ औँ जन्मजयन्ती मनाउने क्रममा नवलपरासीको गैँडाकोट स्थित र्सर्ूयभक्त पृतनादेवी मेमोरियल कलेजको प्रेक्षालयमा ‘जोर गजल मोतीलाई’ नामक एउटा कार्यक्रम सम्पन्न गरेको छ ।
आदर्श साहित्य समाजका अध्यक्ष सुजन अधिकारीको पूर्ण व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम वरिष्ठ गीतकार एवम् साहित्यकार प्रेमविनोद नन्दनको प्रमुख अथिति एवम् गोविन्दराज विनोदी बिशेष अतिथि हुनुहुन्थ्यो । यसैगरी अतिथिहरूमा नमूना शर्मा, गोर्खे साइँलो, डि.आर.पोखरेल, प्रभाकर पण्डित, भानुप्रकाश जोशी, महेन्द भक्त अधिकारी, पुष्प अधिकारी अञ्जलि, तितेपाती, हरि चालिसे ए वि सी, भानुभक्त सापकोटा, फुच्ची जमुनागायतका ५५ जना स्रष्टा एवम् द्रष्टाहरूको उपस्थिति रहेको थियो ।