इरानमा महाभुकम्प
  |   Nepal24 hours

तेहरान, २८ साउन । इरानको उत्तरपश्चिमी क्षेत्रमा शनिबार आएको महाभूकम्पले ठूलो धनजनको क्षति पुर्याएको छ । फार्स न्युज एजेन्सीका अनुसार भूकम्पले कम्तीमा ८७ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी गम्भीर घाइते भएका छन् । इरानमा शनिबार दुई शक्तिशाली भूकम्पका धक्का महसूस गरिएका थिए भने मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने अधिकारीहरुल बताएका छन् ।
स्थानीय समय अनुसार सांझ ५ बजेतिर आउको पहिलो भूकम्पको तिब्रता ६.४ म्याग्निच्युड मापन गरिएको थियो भने त्यसको केही मिनेटपछि ६.३ स्केलको अर्को भूकम्पको अर्को धक्का महसूस भएको थियो । भूकम्पबाट चार गाउं ध्वस्त भएका छन् भने अन्य ६० गाउंमा ठूलै क्षति पुगेको छ । पूर्वी अजरबैजानको प्रान्तीय राजधानी टब्रिज र नजिकैका सहरहरुमा पनि असर परेको छ । (एजेन्सी)

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*