सर्लाही, २६ साउन । एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एकीकृत माओवादी सत्ता कब्जा गर्ने जालो विस्तारमा लागेको बताएका छन् । सङ्घीयता पक्षधरको मोर्चाबनाए सत्ता कब्जाको उद्देश्यमा रहेको ओलीले बताए । युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा नेता ओलीले सत्ता कब्जाको उद्देश्यलाई पुरा गर्न एमाओवादीले संघीयता पक्षधरहरुको गठवन्धन बनाउन खोजिएको छ । देशलाई जातीय दलदलमा फसाएर सत्ता कब्जा गर्न सकिन्छ कि भन्ने सोचाईमा माओवादी छ नेता ओलीको कथन थियो । संविधान नबन्नुमा एकीकृत माओवादीको सत्ता कब्जाको एक मात्र उद्देश्यले काम गरेकाले अरु अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दै नेता ओलीले जातीय समानता, सामाजिक न्याय र अवसरमा पहुँच आवश्यक रहेको र त्यो काम एमालेले मात्र गर्न सक्ने जिकिर गरे