सुनसरीको सडक दुर्घटनामा तीनको मृत्यु
  |   Nepal24 hours

काठमाडौं, २३ साउन । पूर्व पश्चिम राजमार्गअन्तर्गत इनरुवाको सखुवागाछी चोकमा आज दिउंसो भएको सवारी दुर्घटनामा युएनका दुई कर्मचारीसहित तीनको मृत्यु भएको छ । पश्चिमबाट पूर्व गइरहेको ना।४।ख १४३ नम्बरको ट्रिपरले सखुवागाछी ट्राफिक बिटअगाडि विपरीत दिशाबाट आइरहेको बा।१६।प ५१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो भने सोही ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रत हुँदा ५० मिटर अगाडि गएर पूर्वबाट पश्चिमतर्फ आइरहेको ६६(१(१७०९ नम्बरको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युनडीपीको गाडीमा ठोक्किएको थियो । जिपमा सवार ५ जना मध्ये २ जनाको मृत्यु भएको चार जना गम्भीर घाइते भएको बुझिएको छ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*