काठमाडौं, २३ साउन । एक महिलाको सामूहिक बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेकालाई कारबाही माग गर्दै ललितपुरको लेलेमाआज स्थानीयवासीले प्रदर्शन गरेका छन् । यही साउन १५ गते स्थानीय ४५ वर्षीया सानुमाया कुंकुंवरको हत्या अभियोग लागेका २१ वर्षीय विनोद कुंवरलाई कारबाही माग गर्दै स्थानीयले प्रहरी वृत्त घेराउ गरेका हुन् । लेले गाविस ७ काफलडाँडाकी कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् । स्थानीयको प्रदर्शनले वृत्त क्षेत्र तनावग्रस्त भएको छ ।
बलात्कार आरोपी कुँवर गत सोमबार पक्राउ परेका हुन् ।