नयाँ शक्तिको रुपमा आउँदैछौं : अशोक राई
  |   Nepal24 hours

लमजुङ, १९ साउन । नेकपा एमालेका उपाध्यक्ष आशोक राईले आफूहरु छिट्टै नयाँ शक्तिको रुपमा आउन लागेको बताएका छन् । उनले एमाओवादी, कांग्रेस एमालेको भन्दा बेग्ले पहिचान सहितको नयाँ शक्ति जन्माउन लागेको बताए ।
उनले देशलाई सशक्त ढंगबाट नयाँ विकल्पमा दिन तयार रहेको बताए । १८ औं विश्व आदिबासी दिवसका अवसरमा बेसीशहरमा गरिएको अन्तरक्रिया कार्यक्रम बोल्दै उपाध्यक्ष राइले दलहरुले आफूलाई नसच्चाए छिट्टै देशलाई विकल्प दिने तयारी भईरहेको बताएका हुन् । राईले एमालेले अग्रगामी विचार समुहका नेताहरुलाई सर्कसको बाघ झै अनुशासनको छडीले तर्साउन, थर्काउन र धम्क्याउन खोजेको आरोप लगाउनुभयो । उनले आफूहरुले उठाएको ८५ प्रतिशत उत्पीडित जनताको मुद्धालाई पार्टीले कार्यान्वयन गर्ने तर्फ सोच्दैन भने आफूहरु नयाँ पार्टी गठनमा पछि नपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले पहिचानमा आधारित लोकतान्त्रिका राज्यनै आफूहरुको माग भएको बताए । उनले आफूहरुको आन्दोलन कुनै जात विशेषको नभएको बताउनुभयो । आदिबासी जनजाति सभासद ककसका अध्यक्ष गुरुङले एमालेले अघि सारेको बहुपहिचान सहितको ७ प्रदेश आफूहरुलाई स्वीकार्य नहुने भन्दै त्यसका विरुद्ध जस्तोसुकै कठ्घरामा उभिन पनि तयार रहेको जिनकीर गरे । कार्यक्रममा एमाले केन्द्रीय सदस्य किरण गुरुङ, तमु छोजं धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय महासचिव रेशम तमु, पूर्व सभासद एंव नेकपा माओवादी लमजुङका सचिव बुद्धिराम गुरुङ, नेकपा एमालेका अध्यक्ष जमीन्द्रमान घले, एकीकृत नेकपा माओवादीका सचिव लाल बहादुर गुरुङ, दलित समुदायका कृष्ण नेपाली, नेपाल भू।पू। सैनिक महासंघका गर्ज बहादुर गुरुङ, क्या। मिल बहादुर गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*