‘राष्ट्रपतिज्यू ठोस कदम चाल्नुस्’
  |   Nepal24 hours

काठमाडौ, १९ साउन । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले राष्ट्रपति डा. रामवरण यादवसंग भेट गरी राष्ट्रिय राजनीतिक निकासका लागि ठोस कदम चाल्न आग्रह गरेका छन् ।  राष्ट्रपति भवन सितल निवासमा आज विहान भेट गर्न पुगेका उनीहरुले देशको एकमात्र जनादेश प्राप्त निकाय राष्ट्रपति भएकाले निकासका लागि ठोस कमद चाल्न सुझाब दिएका हुन ।

भेटमा सहभागी नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमका अनुसार कांग्रेसका जिल्ला सभापतिहरुले अभिभावकको भूमिका निर्वाह गर्न र ठोस निकासका लागि कदम चाल्न आग्रह गरेका थिए । जवाफमा राष्ट्रपतिले आफूले संविधान भित्रै रहेर कदम चाल्ने बताउनुभएको गौतमले जानकारी दिनुभयो ।

भेटमा राष्ट्रपति यादवले निकासका लागि एक दुईदिन भित्र प्रमुख दलसंग छलफल गर्ने बताउनुभएको थियो । सिन्धुपाल्चोक भेलामा सहभागी भएर काठमाडौ आएका कांग्रेसका जिल्ला सभापतिहरुले बिहीबार आफ्ना पार्टी सभापति र शीर्ष नेताहरुसंग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेका थिए ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*