हङकङमा बसोबास गर्ने साहित्यकारहरुको मासीक भेला सम्पन्न
  |   Nepal24 hours

हङकङ । सन् २०१२ जुलाई २९ तारिख आइतबारका दिन हङकङ बसोबास गर्ने साहित्यकारहरुको जोर्डनस्थित मासीक भेला साब्लाबुङ साहित्यिक मासीकका सम्पादक राज कुमार राईको निबासमा सम्पन्न भएको छ। भेलाले भेला संयोजकमा कवि चन्द्र मादेन आन्छनलाई चयन गर्यो। त्यसरी नै भेलाको लागि स्थल निर्धारण गर्ने, भयवाद सम्वन्धि चर्चा, साहित्यको पाठक अभिबृद्धि गर्नेबारे चारवटा शिर्षक माथि निर्णय गरेको थियो।

उक्त निर्णयसंगै कविता वाचन समेत गरीएको थियो। सहभागीहरु क्रमश नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे, भयवादका प्रवर्तक, रेखा कवि तथा उपन्यासकार देश सुब्बा, आदिबासी गीतकार समाज हङकङका अध्यक्ष कवि तथा गीतकार प्रदीप कन्दङवा, सिर्जनशील साहित्य समूहका सचिव नरेश सुनुवार, नेपाली साहित्य प्रतिष्ठानका सदस्य तथा कवि, गीतकार बिमल गुरुङ, साब्लाबुङ साहित्यिक मासीकका सम्पादक राज कुमार राई, कविहरुमा चन्द्र मादेन आन्छन्, टोप बहादुर राई, पृथ्वीमान थेवे, सन्तोष याखा, दाजु गुरुङ, बल्लभ रोका, त्रिभुवान लुम्फुङा हुनुहुन्थ्यो। आगमी भेलामा हङकङमा नेपाली साहित्य लेखन र बिकासको लागि बिबिध बिषयमा छलफल गर्दै लैजाने समेत निर्णय गरीएको थियो। यो साहित्यिक भेला मासीक रुपमा निरन्तर हुँदै आएको छ। जस्ले साहित्यकारहरुमा साहित्य सदभाव बढ्दै गएको अनुमान गरीएको छ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*