ग्यास कार्ड प्रमाणिकरणमा ढिलासुस्ती
  |   Nepal24 hours

काठमाडौं, १४ साउन । सहजरुपमा ग्यास उपलब्ध गराउने उद्देश्यसाथ उपभोक्तालाई ग्यासका कार्ड उपलब्ध गराउने सरकारी निर्णय आएता पनि काम भने द्रुतगतिमा अघि बढ्न सकेको छैन । नेपाल आयल निगमले आज यहाँ पत्रकार सम्मेलन गरी गत फागुन महिनादेखि ग्यास कार्ड वितरणका लागि कार्य सुरु गरेता पनि चार महिना बितिसक्दा जम्मा ३३५ ग्यास कार्ड प्रमाणिकरण गरेको र एक हजार १०० ग्यास कार्ड आयल निगमलाई प्राप्त भएको जनाएको छ । एक लाख कार्ड बन्ने तयारीमा रहेको आयल निगमको भनाइ छ ।
निगमका उपनिर्देशक सुशील भट्टराईले कार्ड वितरणमा भएको ढिलाइप्रति गुनासो गर्दै भदौ महिनाभित्र व्यावसासयक कार्ड निलो र सर्वसाधारणका लागि रातो कार्डको काम टुङ्ग्याउने बताउनुभयो । गत वर्ष फागुन महिनामा ग्यास कार्ड वितरण कार्य प्रधानमन्त्री डा बाबुराम भट्टराईबाट सुरु भएको थियो ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*