विमानस्थल व्यवस्थापन विदेशी कम्पनीलाई नदेउ : सर्वोच्च
  |   Nepal24 hours

काठमाडौं, १४ साउन । सर्वोच्च अदालतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई नदिन भन्दै रोक लगाएको छ । अदालतले मुद्धाको अन्तिम फैसला नहुँदासम्म यसको सबै प्रक्रिया रोक्न आदेश दिएको छ ।
विशेष इजलासमा न्यायाधीशहरुको राय बाझिएपछि बहुमतले मुद्धाको अन्तिम फैसला नआउँदासम्म कुनै काम नगर्न अन्तरिक आदेश दिएको हो । न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टले सुरक्षा लगायतका कारणले विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिन नहुने धारणा राखेका थिए भने अर्का न्यायाधीश रामकुमार साहले सरकारको कुनै निर्णय गरिनसकेकाले अन्तरिम आदेश जारी गर्न नपर्ने तर्क गरेका थिए ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*