विभिन्न कारणबाट मृत्यु
  |   Nepal24 hours

काठमाडौं, १४ साउन । हसियाँ प्रहार गरी आप्mनै श्रीमानलाई मारेको अभियोगमा सल्यान त्रिवेणी–२ डेरा गरी बस्ने हुकुमा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । हुकुमाले सोमबार सांझ त्रिबेणी–२ सल्ले खोलानजिक आपसी विवादमा आफ्ना श्रीमान निमबहादुर घर्तीलाई हसियाँ प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी, काठमाडौं अनामनगर सिंहदरवारको पूर्वी गेटनजिक रहेको नेपाल पेन्टिङ सपोर्ट नामक अफिसको कोठाभित्र आज बिहान सोही अफिसमा काम गर्ने राजविराज सप्तरीका २० बर्षीय सन्तोष दास मृत अवस्थामा फेला परेका छन् भने भरतपुर नगरपालिका–१ देवघाटमा मलामी गएका सोही नगरपालिका–१० बस्ने २१ बर्षीय सिद्धिविक्रम श्रेष्ठ नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् ।
यस्तै, बैतडी शिद्धेश्वर–८ आरुघाट सडकमा से १ ज २५२ नम्वरको जीप आज बिहान सडकबाट अंदाजी ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुंदा जीप चालक वीरमान ऐर र श्रीकोट–७ निवासी कृष्ण अवस्थीको टिम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । बैतडीकै विसालपुर–७ बस्ने शंकर दत्त भट्टका ६ बर्षीय छोरा नवीन भट्टको पनि बाघको आक्रमणबाट आज मृत्यु भएको छ । उता, दाङ सतवरीया बनगाइस्थित ससुराली घरमा पुगेका डोल्पा जुफाल घर भई चन्दननाथ गण अर्घाखाँचीमा कार्यरत नेपाली सेनाका सिपाही निलविक्रम शाही राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*