सरकारद्वारा १ खर्व ६१ अर्वको आगामी आर्थिक वर्षको लागी तृतियांश बजेट सार्वजनिक
  |   Nepal24 hours

काठमाडौ, ३१ असार । सरकारले आगामी आर्थिक वर्ष ०६९÷०७० का लागि एक तृतीयांश बजेट आज सार्वजनिक गरेको छ । संसद नभएका अवस्थामा पूर्ण बजेट ल्याउन विपक्षी दलहरुले नदिएप्छि सरकारले अध्यादेशमार्फत आज बजेट सार्वजनिक गरेको हो । एक तृतीयांशमा नबढ्ने गरि चार महिनामा खर्च गर्न पाउने अधिकारसहित १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको रकम विनियोजन गरिएको छ । सरकारले साना ठूला योजनाले निरन्तरता पाउने बताएको छ । बजेटका चुनाव र सेना समायोजनका लागि ३–३ खर्ब बजेट विनियोजन गरिएको छ । त्यस्तै स्ववेच्छिक अवकासमा जाने माओवादी पूर्व लडाकूहरुका लागि ३ अर्ब ६९ करोड १३ लाख रुपियाँ विनियोजन गरिएको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुन अनन्तले तीन खाले अर्थनीतिलाई निरन्तरता दिने बताउनुभयो । आजै बिहान सरकारले मन्त्रिपरिषद्बाट एक तृतीयांश खर्चको बजेट अध्यादेशबाट ल्याउने निर्णय गरेर स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने सुरुमै आदिवासी जनजाति, मधेसीलगायतका जातिको संरक्षणका लागि बहुसांस्कृतिक प्रतिष्ठान, पिछडिएका क्षेत्रका जनतालाई बिशेष भत्ता, छोरीलाई अंश सुनिश्चीत, सबैलाई स्वास्थ्य बिमा, बेरोजगारलाई कम्तीमा १ सय दिनको रोजगारी नभए ५० दिनको जस्ता कार्यक्रम विपक्षीका कारण ल्याउन नसकिएको बताउनुभयो ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*