गण्डकमा बस खस्दा कम्तिमा ३८ जनाको मृत्यु
काठमाडौ, ३१ असार । नवलपरासीको त्रिबेणी सुस्ता गाबिसको गण्डक नहरमा बस खस्दा ३८ जनाको मृत्यु भएको छ । भारतिय तिर्थयात्रु बोकेर आएको बस नहरमा खस्दा ३८ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा अधिकांश भारतिय तिर्थ यात्रु रहेको प्रहर्ीले जनाएको छ । लु १ ख २३५६ नम्बरको १०० जना बढि सवार बस नहरमा पल्टदा अझै दर्जन बढि बेपक्ता भएका छन् । बेपक्ता हरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसको छतमा समेत भरिभराउ यात्रुहरु रहेको बताइएको छ ।
त्रिवेणीमा लागेको बोलबम मेलामा सहभागी हुन उनीहरु भारतीय सिमावर्ती क्षेत्र झुलेनीपुरबाट त्रिवेणीतर्पm आउँदै गरेका थिए ।
आएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यू भएका मध्ये २५ जना महिला, १२ जना पुरुष र चालकको शब भेटिएको छ । हताहतीको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ । मदिरा सेवन गरेर सवारी साधन चलाएको नहरमा पौडेर ज्यान जोगाउन सफल चार जनाले जानकारी दिएको प्रहरीले जनाएको छ। चालकको मदिरा सेवन र बढी यात्रु भएका कारण बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।