नाइजेरियाको डेल्टा क्षेत्रमा पेट्रोल बोकेको एउटा ट्याङ्कर पल्टिंदा जलेर एक सयभन्दा बढीको ज्यान गएको छ भने अरु कैयन घाइते भएका छन् । अधिकारीहरुका अनुसार ट्याङ्करबाट चुहिएको तेल थाप्न मानिसहरु हारालुछ गरिरहंदा ट्याङ्कर पल्टिएर आगो सल्किएको थियो । एक्कासी भयानक रुपमा फैलिएको आगोबाट भागेर पनि बच्न नसकिने कहालीलाग्दो अवस्था सिर्जना हुन पुगेको यिो । घटनामा घाइते भएका ३५ जनालाई अस्पताल लगिएको छ भने मृतकहरुलाई सामूहिक रुपमा समाधिस्ट गरिने बताइएको छ । नाइजेरियाको डेल्टा क्षेत्रमा यस्ता दुर्घटनाहरु पटक–पटक हुने गरेका छन् ।