काठमाडौ, २८ असार । कुस्ती खेलाडीका रुपमा समेत ख्याती कमाएका बलिवुडका वरिष्ठ कलाकार दारा सिंहको आज बिहान निधन भएको छ । दिमागमा रक्त प्रवाह नभएपछि कोकिला बेन अस्पतालमा एक हप्ताअघि भर्ना गरिएका दारा सिंह भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएपछि विशेष चर्चामा आएका थिए ।दारा सिंहको निधनबाबुको भूमिकामा अभिनय गरेका थिए । उनका पुत्र बिन्दु वलिवुडमा त्यति जम्न नसके पनि बुहारी फराह भने एक जमानाकी नामचलेकी हिरोइन हुन् ।