एकीकृत माओवादी पोलिटव्युरो बैठक भोलीसम्मकोलागी स्थगित
  |   Nepal24 hours

काठमाडौ, २६ असार । पार्टी विभाजनपछि नयाँ रणनीति तय गर्न हिजोबाट सुरु भएको एकीकृत नेकपा माओवादी पोलिटबयुरो बैठकमा आजका लागि स्थगित भएको छ । छलफलका लागि थप तयारी गनुपर्ने र आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वदलीय वैठकमा व्यस्त रहने भएकाले भोलि सम्मका लागि स्थगित गरिएको माओवादीले जनाएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बोलाइएको थियो । हिजो मौखिक रुपमा प्रस्ताव पेश भएको र आज प्रचण्डको करिब ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन औपचारिक रुपमा पेश हुने कार्यक्रम रहेपनि अब भोलिलाई सरको पोलिटव्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । १२ बुँदे सहमति देखि संविधानसभा विघठनसम्म पार्टीले लिएको लाइन र त्यसको ब्याख्या प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको माओवादी स्रोतले जनाएको छ ।  प्रतिवेदनमा पार्टी फुटको प्रमुख कारण वैचारिक भएपनि वैद्यपक्ष जडसुत्रवादी भएको निचोड निकालिएको छ । पोलिटव्युरो हुँदै केन्द्रीय समितिबाट प्रस्ताव पारित भएपछि साउन १ गतेदेखि डाकिएको सातौं विस्तारित बैठकमा पेश गरेर पार्टीको स्पष्ट कार्यदिशा तय गर्ने बुझिएको छ । आजको बैठकमा पार्टी विभाजन पछि रिक्त स्थायी समिति, पोलिटब्यूरो सदस्यहरूको पदपूर्ति गर्ने विषयमा पनि छलफल हुनछ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*