समायोजन रोजेका लडाकु छनौट प्रक्रिया सुरु
  |   Nepal24 hours


काठमाडौ, २० असार । समायोजन रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया आजबाट सुरु गरिएको छ  । सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु भएको नेपाली सेनाका प्रवत्ता रमिन्द्र क्षेत्रीले बताउनुभयो । छनोटप्रक्रियामा आज शारिरीक योग्यताको छनोट गरिदै छ ।  छनोट प्रकृयाका लागि लडाकु रहेका सातवटै शिविरमा सेनाले टोली पुगेको छ । अधिकृत तहको छनोट चिवतनमा रहेको शमशेर गणमा भइरहेको छ भने अरूको छनोट सम्बन्धित शिविरमै हुने सेनाले जनाएको छ । विशेष समिति सचिवालयले समायोजना जान चाहने लडाकुहरूको व्यक्तिगत अभिलेख सेनालाई पठाइसकेको छ । स्थापित मादपण्डअनुसार लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा लडाकुहरूको छनोटप्रक्रिया सुरु गरिन लगिएकोे हो । पहिलो चरणमा लडाकुहरूको शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ । मापदण्डभित्र नपर्ने लडाकुहरूलाई स्वेच्छिक अवकाशको अवसर दिइने छ । झन्डै दुई महिनादेखि समायोजन रोजेका ३ हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*