दुवै ओलम्पिक कमिटी विघटन गरिदै
  |   Nepal24 hours

काठमाडौं, २० असार । नेपाल ओलम्पिक कमिटीको विवादले पराकाष्ठा नाघेपछि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले कठोर निर्णय गर्ने भएको छ । ओलम्पिक विवादलाई सदाका लागि समाप्त पार्ने प्रयास भन्दै अब बस्ने बोर्ड बैठकले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुवै ओलम्पिक कमिटीलाई विघटन गर्ने तयारी भएको छ । सो कार्यका लागि राखेपले राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीहरूस“ग एक चरणको वार्तासमेत सम्पन्न गरिसकेको छ । पहिलो चरणको वार्तामा राखेपले सङ्घका पदाधिकारीस“ग राय–सुझाव लिनुको साथै ओलम्पिक कमिटीप्रतिको आफ्नो धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
वर्तमान अवस्थामा सङ्घहरूको ढाडमा टेकेर राखेपको टाउकोमा हान्ने काम गर्दै आएको ओलम्पिक कमिटीको हैकमी प्रवृत्तिलाई निमिट्यान्न पार्न यो कदम उठाउन लागिएको हो । सर्वप्रथम राखेपअन्तर्गतका ४० वटा सङ्घसंग बसेर समाधानको उपाय निकाल्ने, अन्यथा ऐन–कानुनबमोजिम दुवै ओलम्पिक कमिटीलाई विघटन गर्ने राखेप सूत्रले दाबी गरेको छ । समाधानका लागि सङ्घहरूको भूमिका निर्णायक हुने भएकोले मुलुकको कानुनअनुसार सङ्घहरूले दूरदर्शी भएर निर्णय लिनेमा सूत्रले विश्वास प्रकट गरेको छ । यदि सङ्घहरूले कानुनको अवहेलना गरेमा कानुनको दायरामा ल्याएर कारबाही गरिने भएको छ । स्मरणीय छ, अहिले ओलम्पिक कमिटीमा २४ सङ्घ आबद्ध छन् भने बा“की १६ वटा बाहिरै रहेका छन् । जसमा ओलम्पिक पदकसमेत जित्न सफल तेक्वान्दो सङ्घ पनि रहेको छ ।
धु्रवबहादुर प्रधानले नेतृत्व गरेको ओलम्पिक कमिटी सामन्ती संस्कार, निरङ्कुशता, अपारदर्शिताबाट गुज्रिरहेको आरोप लगाउ“दै राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले टाउको र ढाड जोगाउन ओलम्पिक कमिटीमा अपे्रसन गर्नुपर्ने जरुरी भइसकेको बताएका छन् । खेलकुदको सर्वोच्च निकाय राखेपलाई बाइपास गर्दै आफूखुसी कार्य गर्ने, विदेशी रकमको दुरुपयोग गर्ने, खेलाडीहरूको भविष्यमाथि खेलवाड गर्ने र सम्मानित सर्वोच्च अदालतको आदेशलाई लत्याउनेलाई अब राखेपले नाङ्गेझार पारेर सडकमा ल्याउने दाबी पनि उनले गरे । उपाध्यक्षले त्यसका लागि प्रक्रिया सुरु भइसकेको र आगामी राखेपको बोर्ड बैठकमा ओलम्पिक कमिटीको विवाद सदाको लागि समाप्त हुने बताए ।
गत साता राखेपको कुनै जानकारीबिना एनओसीले चारजना खेलाडीलाई लन्डन ओलम्पिकमा सहभागिताका लागि पठाएपछि राखेप र एनओसीबीच पानी बाराबारको स्थिति उत्पन्न भएको छ । त्यसपछि एनओसीलाई काउन्टर दिन सदस्यसचिव युवराज लामाले लन्डन ओलम्पिकमा नेपालको सहभागिता, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा लामाले आफू एनओसीको तानशाही प्रवृत्तिबाट वाक्कदिक्क भएको प्रस्ट पार्दै अब एनओसीस“ग कुनै किसिमको सहकार्य नगरिने बताएका थिए । त्यस्तै सो अवसरमा लामाले एनओसीलाई नाकमा रस्सी लगाउने आफूस“ग अचुक उपचार भएको खुलासासमेत गरेका थिए । त्यसबेला लामाले आफ्नो अचुक उपचारको बारेमा केही खुलासा नगरे पनि अहिले त्यसको कार्यान्वयनका लागि दुवै ओलम्पिक कमिटीलाई विघटन गर्न लागिएको जानकारी प्राप्त भएको छ । सकेसम्म आउंदो साता नै राखेपको बोर्ड बैठकमा विघटनको निर्णय हुने बुझिएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*