काठमाडौ, १६ असार । चितवनमा पार्टी कार्यालयको विषयलाई लिएरु दुई माओवादी कार्यकर्ताबीच भएको झडपमा गोली हाना हान भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका सहयोगी शिब खकुरेलका अनुसार एमाओवादी कार्यकर्ताले गरिरहेको कोणसभामा बैद्य पक्षधरहरुले गोली प्रहार गरेको छ । बैद्य पक्षले एसएमजीबाट गोली प्रहार गरेको थियो । सो क्रममा दुई जना घाईते भएको र उनीहरुको उपचार भईरहेको छ ।
आज विहानै देखि दुई पक्षका कार्यकर्ताहरुवीच आफ्नो पक्षको बोर्ड पार्टी कार्यालय कृष्णपुरमा राख्ने विषयमा प्रचण्ड र वैद्यपक्षका कार्यकर्ताबीच झडप भएको थियो । वैद्यपक्षले राखेको बोर्डहटाएर प्रचण्ड पक्ष कार्यकर्ताले बोर्ड लगाउन खोज्दा झडप सुरु भएको हो । प्रचण्ड पक्षले आफ्नो बोर्ड राखेको हेरिरहेका वैद्य पक्षका कार्यकर्ताले तत्काल झिकेर आफ्नो बोर्ड राख्ने प्रयास गरेका थिए । झडपका क्रममा दुबैतर्फका गरी १२ जना भन्दा धेरै घाइते भएका छन् । केहीलाई उपचारका लागि अस्पतालमा समेत भर्ना गरिएको छ । झडप भएपछि सुरक्षा दिन आएको प्रहरीले दुई पक्षका ६० जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयलाई प्रहरीले सुरक्षा घेरामा राखेको छ । कोणसभा गोली हानेर हानेर घाईते