एमाले महासचिव र नर्वेली राजदुतवीच भेटवार्ता
  |   Nepal24 hours

काठमाडौ, १५ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलस“ग नर्वेजियन राजदूत अल्फ आर्न रामस्लिनवीच भेटवार्ता भएको छ ।
उहाँहरुवीच नेपालको राजनीतिक घटनाक्रमको विकासक्रम र दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटमा नर्वेजियन राजदुतले आफ्ना समस्याहरुको समाधान गर्ने नेपालका राजनीतिक पार्टीहरु आफै सक्षम रहेको चर्चा गर्दै नेपालको संविधान निर्माण, शान्तिप्रक्रिया र दिगो विकासका लागि नर्वेद्धारा हुने सहयोग यथावत रहने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
राजदूत रामस्लिनले नेपाल प्रति आफ्नो देशको उच्च सद्भाव रहेको प्रष्ट पार्दै नेपालको बर्तमान राजनीतिक संकट राष्ट्रिय सहमतिको माध्यमबाटै समाधान हुने कुरामा आफु र आफ्नो देश विश्वस्त रहेको बताउनुभएको थियो ।  सो भेटघाटमा दुई देशका आपसी हित र चासोका विषयमा समेत चर्चा भएको थियो ।
सो अवसरमा महासचिव पोखरेलले नेपालको विकास, समृद्धि र शान्तिप्रति नर्वेली जनताले देखाएको सदभाव, सहयोग र चासोप्रति हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो र आगामी दिनहरुमा दुई देशविचको आपसी सम्बन्ध अझ सुमधुर, प्रगाढ र फराकिलो हुनेकुरामा विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*