काठमाडौं, असार १५ । कलाकार कल्याण कोषका लागि सरकारले १ करोड रुपैंयां उपलब्ध गराउने भएको छ । विभिन्न क्षेत्रका करिव २ दर्जन कलाकारहरुसंग आज बिहान बालुवाटारमा छलफल गरेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो बचन दिएका हुन् । मुलुक बनाउने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै उक्त अवसरमा प्रधानमन्त्री भट्टराईले कलाकारहरुलाई पनि देशहितका काममा विशेष सक्रिय भएर लागिपर्न आग्रह गरेका थिए भने कलाकारहरुले चाहिं राजनीतिक कारणले देश अत्यन्त जटिल अवस्थामा पुगेको भन्दै सहमतिका लागि प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए । मौकाको फाइदा उठाउंदै कलाकारहरुले चलचित्र क्षेत्रको पर्याप्त विकास हुनेगरी बजेट छुट्याउन पनि प्रधानमन्त्रीसंग आग्रह गरेका थिए ।