प्रधानमन्त्रीले राजिनामा नदिएसम्म सहमति नबन्ने एमाले अध्यक्षको दावी
  |   Nepal24 hours

काठमाडौ, १५ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म राजनीतिक सहमति सम्भव नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खनालले विदेशबाट फर्किएपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको वातावरण बिथोल्ने व्यवहार देखाउनुभएको आरोप लगाउनुभयो । मुलुकले भोगिरहेको राजनीतिक र संवैधानिक सङ्कट पार लगाउने एउटै बाटो राष्ट्रिय सहमति हो भन्नुभयो । अध्यक्ष खनाल नुवाकोटको पञ्चकन्यामा आयोेजित धान रोपाइँमा सहभागी हुन त्यहाँ पुग्नुभएको थियो ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*