कोइराला–महतो भेटवार्ता
  |   Nepal24 hours


काठमाडौं, १५ असार । नेपाली कांग्रसका सभापति सुशील कोइराला र सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष एवम् स्वास्थ्मन्त्री राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा विहान आठ बजे भएको भेटमा दुई नेताबीच वर्तमान राजनीतिक समस्याको निकास बारे छलफल भएको बताइएको छ । पछिल्लो समय राजनीतिक गतिरोधसंगै दलहरुबीच ध्रुवीकरण बढिरहेका बेला सभापति कोइरालाले सत्तारुढ दलहरुसंगको भेटघाटलाई तिब्रता दिनुभएको छ । यसक्रममा हिजो कोइरालाले तर्रा मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसंग छलफल गर्नुभएको थियो । हिजोको भेटमा पनि कोइरालाले राजनीतिक सहमति गरी संकट निवारण गर्न मधेसी दलहरुले गम्भीर भूमिका निर्वाह गर्नुपर्ने भन्दै त्यसका लागि आग्रह गर्नुभएको थियो । यसरी कांग्रेस सभापतिद्वारा सुरु गरिएको मधेसी नेताहरुसंगको भेटघाटलाई कतिपयले आफ्नो नेतृत्वमा सरकार बनाउन समर्थन लिने प्रयासका रुपमा समेत अथ्र्याउन थालेका छन् ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*