काठमाडौ, १० असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलहरुवीच सहमति भए मात्रै पूर्ण बजेट ल्याउन सम्भव रहेको बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष खनालले कामचलाउ सरकारले पूर्ण बजेट ल्यानै नसक्ने भन्दै यस्तो सरकारले सहमति विना ल्याउने पूर्णबजेट एमालेलाई मान्य नहुने स्पष्ट पारे ।
उनले राष्ट्रिय सहमतिबाट नै बजेट ल्याउनु पर्नेमा जोड दिदै सहमतिका साथ बजेट ल्याउन र त्यसको कार्यान्वयन गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकोले उद्योगी ब्यवसायीहरुलाई त्यस्तो भूमिका खेल्न आग्रह पनि गरे ।
ब्यवसायीहरुले भने मुलुकको आर्थिक क्षेत्रको हितकोलागी पूर्ण बजेट ल्याउनु पर्ने भन्दै विकास निर्माण र आर्थिक गतिविधी अगाडी बढाउन पूर्ण बजेटमै सहमति गर्न आग्रह गरेका थिए ।