मंसिरमा नभए चैतसम्म निर्वाचन : आयुक्त उप्रेती
  |   Nepal24 hours

फलेवास (पर्वत), असार १०-कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी मङ्सिर ७ गतेसम्म नभए चैतसम्म निर्वाचन हुने बताएका छन्। उप्रेतीले मङ्सिर ७ गतेका लागि तोकिएको निर्वाचनको कार्यक्रममा दलहरु तयार नभए निर्वाचन असम्भव हुने बताउँदै चैतसम्म जुनसुकै हालतमा निर्वाचन गर्नुपर्नेमा जोड दिए।

जिविसमा कर्मचारीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानसभाको दोस्रोपटक निर्वाचन गर्न संविधानमा अधिकार नदिइएको बताउँदै संविधान र ऐनको व्यवस्था भयो भने मङ्सिर ७ गते नै निर्वाचन गर्न सकिने बताएका हुन्। सरकारलाई निर्वाचन प्रक्रियाका बारेमा सबै प्रावधान निर्वाचन आयोगबाट पेस गरिएको र आयोग अहिले सरकारको निर्णय कुरेर बसेको उनले जानकारी दिए।

‘राष्ट्रिय चुनावका लागि दलहरु तयार नभए कात्तिक मङ्सिरभित्रै स्थानीय निकायको चुनाव गर्नुपर्छ’, उनले भने- ‘चौध वर्षसम्म स्थानीय निकायमा निर्वाचन हुन नसक्दा विकास निर्माणका कामहरु पूर्णरुपमा प्रभावित बनेको छ, शान्ति स्थापनापछि पनि स्थानीय निकायमा जनप्रतिनिधि चयन हुन नसक्नाले लोकतन्त्रको उपहास भएको छ।’

अबको निर्वाचनका लागि करिब रु आठ अर्ब खर्च लाग्ने अनुमान गरिएको उप्रेतीले जानकारी दिए। निर्वाचनका लागि सबै निकायमा कर्मचारीलाई पदपूर्ति गर्न सरकारलाई निर्देशन दिइएको समेत उनले बताए।रासस

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*