
काठमाडौ, १० असार । नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वाथ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उनलाई भर्ना गरिएको छ । उनलाई आईसीयू नम्बर १ मा भर्ना गरिएको छ ।
पौडेलको उपचारमा डा निरज बम, डा सन्तकुमार दास र डा करवीर नाथ योगी संलग्न रहेका छन् । डा बलमे पौडेलमा निमोनियाको लक्षण देखिएकोले सोही रोग निधानकोलागी अहिले एक्स्रे सहितका परिक्षणहरु भईरहेको जानकारी दिए । पौडेलको ब्लडप्रेसर पनि बढेको बताईएको छ ।