माओवादीका शीर्ष नेता र राष्ट्रपतिबीच छलफल
  |   Nepal24 hours

काठमाडौ, १० असार । नव गठित नेकपा–माओवादीका शीर्ष नेता र राष्ट्रपति डा रामवरण यादवबीच आज भेटघाट तथा छलफल भईरहेको छ ।  राष्ट्रिय सहमति कायम गरेर उत्पन्न राजनीतिक तथा संवैधानिक सङ्कट समाधानको उपाय खोज्ने प्रयासस्वरुप राष्ट्रपति यादवले नव गठित माओवादी अध्यक्ष मोहन वैद्य, महासचिव रामवहादुर थापा, सचिव सीपी गजुरेल लगायतका शीर्ष नेताहरुसँग समसामयिक परिस्थितिको बारेमा कुराकानी गर्न आफ्नो निवासमा बोलाउनु भएको हो ।  नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य खड्कबहादुर विकले बदलिदो राजनीतिक घटनाक्रम र उत्पन्न समस्याको निकासको बारेमा राष्ट्रपतिले छलफलको लागि बोलाउनु भएको जानकारी दिनुभयो । विकका अनुसार अहिलेको सरकारले चालेका कदमको बारेमा राष्ट्रपतिको ध्यानाकर्षण गराउने र राष्ट्रिय सहमति कायम गरेर अघि बढ्ने बारेमा राष्ट्रपतिको भूमिकाको बारेमा माओवादीले पार्टीगत रुपमा आफ्नो धारणा भेटकोक्रममा राख्नेछ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*