अछाममा झाडापखालाबाट एक बालिकाको ज्यान गयो
  |   Nepal24 hours

अछाम, ६ असार । अछाममा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको तोली गाविस वडा नम्बर ८ की नरबहादुर रावलकी १० वर्षिया छोरी धनसरी रावलको ज्यान गएको हो ।  समयमै उपचार गर्न नपाउदा रावलको  घरमै ज्यान गएको स्थानीय चन्द्र कडायतले बताउनुभयो । दुषित पानी र खानाको कारण पखाला फैलिएको कडायतको भनाई छ । मृतक बालिका मालिका निमाविमा कक्षा ३ मा अध्ययनरत थिईन् । यसैबीच सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगरमा झाडापखाला फैलदा ८२ जना प्रहरी विरामी परेका छन् । तोली गाविसमा झाडापखालाका कारण अधिकांश  मानिसहरु  प्रभावित भएका बताईएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*