विमान चरासँग ठोक्किँदा आपतकालीन अवतरण
  |   Nepal24 hours

जुम्ला, ३१ जेठ । जुम्लाबाट नेपालगन्ज आउँदै गरेको तारा एयरको ट्विनअटर जहाजमा आज बिहान चरा ठोक्किएपछि आपतकालीन अवतरण गरिएको छ । बिहान ११ बजेतिर चरा ठोक्किएपछि विमान सुर्खेत विमानस्थलमा आपतकालीन अवतरण गराइएको हो । चरा ककपिटमा ठोक्किएर जहाजको सिसा फुट्दा सहचालक अभिषेक राई सामान्य घाइते हुनेभएको छ भने अरु सबै यात्रु सकुशल रहेको तारा एयरले जनाएको छ । विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीबाट जाँच गराउन सुर्खेतमै राखिएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*