काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि
  |   Nepal24 hours


काठमाडौ, ३१ जेठ । आन्तरिक विवाद समाधान हुने भएपछि नेपाली काङ्ग्रेस असन्तुष्ट देउवा पक्षले आज बस्ने केन्द्रीय समिति बैठकमा भाग लिने भएको छ । केन्द्रीय समितिको बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय ललितपुरको सानेपामा बस्दै छ । पार्टीको भ्रातृ संस्थाहरूको विषयमा पार्टीमा देखिएको १० महिनादेखिको विवाद साम्य हुने भएको छ । संस्थापन पक्षले एकपक्षीय रूपमा भ्रातृ संस्था विस्तारको घोषणा गरेको भन्दै सन्तुष्ट देखिएको देउवा पक्षले हिजो नेवि सङ्घ, तरुण दल र महिला सङ्घमा थपिने आफ्नो पक्षका सदस्यहरूको नामावली बुझाएको थियो । देउवा पक्षबाट उपलब्ध नामावलीको आधारमा सभापति सुशील कोइरालाले आज भ्रातृ संस्थाहरूको कार्यसमिति विस्तारको घोषणा गर्नुहुने छ । संस्थापन पक्षले घोषणा गरेको १ सय १ कार्यसमितिमा आफ्नो पक्षको जम्मा २८ मात्रै परेको भन्दै वरिष्ठ नेता शेरबहादुर देउवाले असहमति जनाउँदै आउनुभएको थियो । यसअघि केन्द्रीय समितिको बैठकमा हिजै सहभागी हुने भनिए पनि आन्तरिक तयारी नपुगेकोले देउवा पक्ष बैठकमा सहभागी भएको थिएन ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*