जनकपुरमा खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु
  |   Nepal24 hours

जनकपुर, १४ वैशाख । खेलकुद तथा संस्कृति विकास कोष जनकपुरले जनकपुर अञ्चलभरीका गाविसको खेलकुद भौतिक संरचनाको लागत विवरण संकलकार्य शुरु गरेको छ । कोषले खेलकुद भोतिक संरचनाको लागत सकंलन कार्यमा स्थानिय खेलकुद क्लव, तथा गाविस कार्यालयलाईविवरण उपलव्ध गराउन आवह्रान प्रेस विज्ञप्ती मार्फत आग्रह गरेको छ । सिन्धुलीको ५३, महोत्तरीको ७६, धनुषाको १०१ र सर्लाहीको ९९ गाविस गरी जम्मा ३२९ वटा गाविसमा खेलकुद भौतिक संरचनाकोलागत विवरण संकल कार्य शुरु गरीएको कोषका संस्थापक अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो । स्थानियक्लवलाई सहयोग र सहकार्यको लागी विवरण सकंलन गर्न लागेको महासेठले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला खेलकुद बिकास समितिको कार्यालय र खेलकुद तथा सांस्कृती बिकास कोशको कार्यालय जनकपुरमा विवरण बुझाउन आग्रह गरीएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*